Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सक्कली किम भियतनाममा, नक्कली किम देश निकाला

उत्तर कोरियाली नेता किम जङ-अन बुधवार र बिहीवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुने दोस्रो शिखरवार्ताका लागि भियतनामको हनोई पुगेका छन् । दुई दिनभन्दा बढी समय लगाएर उनले प्योङ्याङदेखि हनोईसम्मको झन्डै चार हजार किलोमिटरको यात्रा एउटा निजी रेलमा गरेका थिए। ट्रम्प र किमबीच गत वर्ष सिङ्गापुरमा पहिलो ऐतिहासिक वार्ता भएको थियो। उनीहरूले वार्तालाई निरन्तरता दिने सहमति गरेका थिए।

अहिलेको उनीहरूको भेटघाट कार्यक्रमबारे बल्ल केही स्पष्ट हुन थालेको छ। आइतवार किम प्योङ्याङबाट हिँडेको पुष्टि भएपछि मात्र शिखरवार्तामा उनको सहभागिताबारे पहिलो स्वीकारोक्ति आएको थियो। ट्रम्पले समेत आफू हनोईतर्फ लागेको भन्दै ट्वीट गरेका छन्।

ह्वाइट हाउसकी प्रवक्ताले बताएअनुसार बुधवार साँझ उनीहरूले एक्लाएक्लै सङ्क्षिप्त वार्ता गर्नेछन्। त्यसपछि आफ्ना केही सल्लाहकारसँगै बसेर साँझको खाना खानेछन्। बिहीवार भने उनीहरूबीच चरणबद्ध वार्ताहरू हुनेछन्। यो बैठक खासगरी सिङ्गापुर वार्ताबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै त्यसलाई कार्यान्वयन तहमा लैजाने थप आधारहरू तयार गर्ने बताइएको छ।

सिङ्गापुर वार्तापछि दुई देशबीच कूटनीतिक तहमा खासै प्रगति हुन सकेको थिए। बरु दुवै पक्षबाट तिक्ततापूर्ण भनाइहरू व्यक्त भएका थिए। यस पटक दुवै नेताले स्पष्ट प्रगति देखिनेगरी सम्वाद गर्ने ठानिएको छ।
तर ठूलो अपेक्षालाई मत्थर गर्नेगरी ट्रम्पले भने \"आफू हतारमा नरहेको\" प्रतिक्रिया दिएका छन्।
उत्तर कोरियालाई निरस्त्रीकरण गर्न दबाव दिन आफू हतारमा नरहेको जनाउ दिँदै ट्रम्पले ट्वीटमा लेखेका छन्, \"म कसैलाई हतार गर्न लाउन चाहन्नँ। म (अस्त्र) परीक्षण नहोस् भन्ने चाहन्छु। परीक्षण नहुने हो भने हामी सन्तुष्ट नै छौँ।\" किम पहिलो पटक दुई कोरियाको असैनिकीकृत क्षेत्रमा देखा पर्दा उनको गाडीसँगै दौडेका सुरक्षाकर्मीको भिन्न शैलीले धेरैको ध्यानाकृष्ट भएको थियो।

सिङ्गापुर जाँदा भने उनी चिनियाँ विमानको प्रयोग गरेका थिए। यस पटक उनले आफ्ना हजुरबुवा किम इल-सङको पदचाप पच्छ्याउँदै लामो दूरी रेलमा यात्रा गरे। केही घण्टामै हवाइजहाजमा तय गर्न सकिने उक्त यात्राका लागि रेल रोज्दा बाटोमा पर्ने मार्ग र रेल स्टेशनहरू सर्वसाधारणका लागि बन्द गरिएका थिए।

यात्राको सबैभन्दा बढी भूभाग समेटिएको चीनमा परेको असरप्रति आक्रोश र व्यङ्ग्य त्यहाँका सामाजिक सञ्जालमा पोखिएको थियो। आफ्नो देशबाट निस्केपछि यात्राले समेट्ने भूभागमा चीन र भियतनाम मात्र रहेकोले पनि उनले सुरक्षाका दृष्टिले त्यस्तो विकल्प ठानेको बताइएको छ।

चीन र भियतनाम दुवै कम्युनिस्ट सत्ता भएका देश हुन् र उनीहरूको उत्तर कोरियासँग निकै राम्रो सम्बन्ध छ। उता कुनै समय अमेरिकाको कट्टर शत्रुका रूपमा रहेको भियतनाममा ट्रम्प जानुलाई \'उसले तिक्ततापूर्ण विगत मेट्न सकिन्छ\' भन्ने साङ्केतिक सन्देश दिन खोजेको देखिन्छ।

त्यसैगरी किम जङ-अनजस्तै देखिने एक युवालाई शिखरवार्ताअघि भियतनामबाट निकाला गरिएको छ। यसअघि किम जङ-अनको नक्कल गर्ने हावर्ड एक्स र ट्रम्पजस्तो देखिने रसेल ह्वाइटलाई प्रहरीले समातेर झपारेको थियो। उनीहरू हनोईमा ती दुई नेताको भेष धारण गरेर नक्कल गरिरहेका थिए।

त्यसो गर्न नछोडे उनीहरूलाई देशबाट निकालिदिने चेतावनी भियतनामी पक्षले दिएको थियो। एक्स हङकङका बासिन्दा हुन्। उनका अनुसार प्रहरीले उनको भिसा नक्कली भएको बताएर देशबाहिर पठाएको हो।

किमजस्ता देखिने उनले भने, \"जुनकुनै तानाशाहीका लागि व्यङ्ग्य शक्तिशाली हतियार हो। साँच्चैजस्तो देखिने केही मानिसहरूबाट उनीहरू आत्तिए।\" आफूलाई निकालिनुको एउटा कारण किमसँग \'हास्यव्यङ्ग्यको चेत नहुनु\' पनि रहेको उनको तर्क छ। बिबिसिबाट

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending