Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

स्व. पासाङल्हामु शेर्पाका साँहिला देवर थिए आङछिरिङ शेर्पा, अब कसले सम्हाल्छ अर्बाैंकाे साम्राज्य ?

सोलुखुम्बु। बुधबार ताप्लेजुङमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनामा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको समेत निधन भएको छ ।

सोलुखुम्बुको मात्र नभई देशकै खम्बाको रुपमा रहेका पर्यटन व्यवसायी शेर्पाको निधनले सोलुखुम्बु स्तब्ध बनेको छ । सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका–१ मा जन्मिएका शेर्पा पर्यटन क्षेत्रको एक सफल व्यवसायी थिए । उनको निधनले समग्र जिल्ला र देशकै पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको प्रतिनिधिसभा सदस्य हेमकुमार राईले दुःख व्यक्त गरेका छन् ।

“परिवार नै पर्यटन क्षेत्रमा भएका कारण उनको योगदान सोलुखुम्बुले कहिल्यै भुल्दैन”, राईले भने, “जिल्लाको समग्र पर्यटन प्रर्वद्धन गर्ने सन्दर्भमा महत्वपूर्ण योजना निर्माण गरेका थियौँ, शेर्पाका लागि त्यो योजना मै सिमित भयो ।” यति एयरलाइन्सका अध्यक्षसमेत रहेका शेर्पाले खुम्बुको लुक्लासम्म सडक पु¥याउन निकै प्रयास गर्दै आएका थिए। “यस वर्षनै उनले दिलो ज्यान दिएर लुक्लासम्म सडक पु¥याउने भनेर लागेका थिए ”, सांसद राईले भने, “उनको त्यो सपनालाई हामी पूरा गरेर छाड्छौँ ।”

ताप्लेजुङको फुङलिङ नगरपालिका–१० दारेभिरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना हुँदा पर्यटन व्यवसायी शेर्पासहित सात जनाको ज्यान गएको छ । दुर्घटनामा मुलुकले ठूलो नोक्सानी बेहोर्नुपरेकामा सोलुखुम्बु स्तब्ध छ । विभिन्न कम्पनी सञ्चालन गरेर सयौँ व्यक्तिलाई रोजगारी दिएका शेर्पाको मृत्युको खबर सुनेपछि सोलुवासी स्तब्ध भएका छन् ।

पर्यटनसँग आङछिरिङको सम्बन्ध

आङछिरिङ चर्चित सगरमाथा आरोही स्व पासाङल्हामु शेर्पाका साँहिला देवर हुन् । भाउजुले सगरमाथा आरोहण गर्दा आङछिरिङ ट्रेकिङ व्यवसायमा जेडिएका थिए । गाउँबाट भरिया बन्न काठमाडाँै आएका शेर्पाको चार दशकको यात्राले पर्यटन क्षेत्रमा सिङ्गो देशलाई नै महत्वपूर्ण फाइदा पुगेको थियो ।

हिमाली पर्यटन व्यवसायमा लागेका आङछिरिङ २० वर्षको छोटो अवधिमा यति एयरलाइन्स, तारा एयरलाइन्स र हिमालय एयरको मालिक बन्न सफल भए । काठमाडाँैको गोकर्ण रिसोर्ट, भैरहवाको कसरा रिसोर्ट, सोलुखुम्बुको यति होमलगायत सुविधा सम्पन्न होटल र रिसोर्टमा उनको लगानी छ । सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला स्वर्गीय पासाङल्हामु आङछिरिङकी माइली भाउजु थिइन् । उनको सगरमाथा आरोहण गरेर फर्कने क्रममा ज्यान गएको थियो । उनका भाइ टेण्डि शेर्पाको पनि २०५५ सालमा सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका स्थित अँधेरीखोलामा हेलिकोप्टर दुर्घटनामै परेर ज्यान गएको थियो ।

एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले सगरमाथाको प्रथमपटक आरोहणपछि खुम्बु क्षेत्रमा बाह्य पर्यटकको चहलपहल शुरु भएको हो । त्यही अवसरमा आङछिरिङको परिवार पनि बाह्य पर्यटकलाई घुमाउँदै पर्यटन व्यवसायमा लागेको बताइन्छ । आफ्नै दिदीको ट्रेकिङ कम्पनीबाट शेर्पाले भरिया काम शुरु गरेका हुन् । परिवारनै पर्यटन क्षेत्रमा संलग्न रही देशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएका आङछिरिङका जेठा दाजुको पहिले नै निधन भइसकेको छ । अरु तीन दाजुभाइ पनि पर्यटन व्यवसायमा संलग्न छन् ।

आङछिरिङ २० वर्षमै देशको नमूना हवाईजहाज कम्पनीको रुपमा लिइने यति एअरका प्रबन्ध निर्देशक थिए । तारा एअर उनकै समूहको हो भने तेह्रथुम दुर्घटनामा परेको एअर डाइनेष्टी हेलिकोप्टरमा पनि उनकै समूहको ठूलो शेयर छ । पछिल्लो समयम उदाएको हिमालय एअर उनकै समूहको हो ।

पर्यटन व्यवसायी हिमाल केसीले भने, “हामी आङछिरिङ दाईको त्यो हौसला कहिल्यै बिर्सदैनाँै, हाम्रो लागि फागुन १५ गते कालो दिन भयो ।” आङछिरिङलाई नजिकबाट चिन्ने व्यक्ति मध्येका एक लुक्लाका विजय तामाङ शेर्पा उच्च ओहदाका व्यक्तिलाई मात्र नभई सामान्य व्यक्तिका लागिसमेत सहयोगी र विकासप्रेमी थिए । “उनमा सकारात्मक सोचाइ थियो, पर्यटकलाई सुरक्षा, प्रशिक्षित गाइड, गुणस्तरीय सेवा प्रदान गर्नुपर्छ भन्ने मान्यता उनमा थियो”, उनले भने, “धेरै विदेशी उनकै कम्पनीबाट खुम्बु भ्रमणमा आउने गरेका थिए ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending