सियोल। संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले यस वर्ष संयुक्त सैनिक अभ्यास नगर्ने घोषणा गरेका छन् । उत्तर कोरियालाई आफ्नो आणविक हतियार कार्यक्रम त्याग्न लगाउने उद्देश्यले कुटनीतिक प्रयत्नका लागि संयुक्त सैन्य अभ्यास रोकेको बताइएको छ ।
भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–अन बीचको शिखर वार्ता विना सहमति टुङ्गिए लगत्तै दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास स्थगित गर्ने निर्णय सार्वजनिक भएको छ । उक्त शिखर वार्तामा कुनै औपचारिक सम्झौता नभए पनि दुबै पक्ष वार्तालाई निरन्तरता दिन प्रयत्नरत छन् ।
दक्षिण कोरियामा हाल करिब ३० हजार अमेरिकी सैनिक तैनाथ छन् । वार्षिक सैन्य अभ्यासमा दशौं हजार दक्षिण कोरियाली सेना पनि सहभागी हुने प्रचलन छ । उत्तर कोरियाले उक्त वार्षिक सैन्य अभ्यासलाई आफू विरुद्धको हमलाका रुपमा लिँदै आएको छ ।
दक्षिण कोरियामा तैनाथ सेना तत्काल फिर्ता गर्ने कुनै योजना नरहेको स्पष्ट गर्दै आएका अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियाली सैन्य अभ्यासको खर्चका बारेमा बारम्बार प्रश्न उठाउने गरेका छन् । हनोईमा आयोजित पत्रकार सम्मेलनमा समेत राष्ट्रपति ट्रम्पले यो सैन्य अभ्यास “ज्यादै खर्चिलो” रहेको बताएका थिए।
दक्षिण कोरियाली रक्षामन्त्री जियोङ क्योङ–डू र अमेरिकी रक्षामन्त्री प्याट्रिक शानाहानबीच शनिबार भएको टेलिफोन वार्तामा दुबै मुलुकबीच “की रिजल्भ एन्ड फोल इगल” नामको वार्षिक सैन्य अभ्यास नगर्ने सहमति भएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।
यो सैन्य अभ्यास अमेरिकी गठबन्धन मुलुकबीचको सबैभन्दा ठूलो सैन्य अभ्यास हो ।
विगतमा यस अभ्यासमा दुई लाख दक्षिण कोरियाली सेना र झण्डै ३० हजार अमेरिकी सेना सहभागी हुने गरेका थिए ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियासँगको सैनिक तनाब कम गर्न तथा उत्तर कोरियाको आणविक निःशस्त्रीकरण कार्यक्रमलाई सहज निष्कर्षमा पु¥याउने गरी सकारात्मक वातावरण तयार गर्न सैनिक अभ्यास स्थगित गरिएको जनाएको छ ।
वासिङ्टन र सियोलले सोमबारदेखि सुधारिएको र परिवर्तित सैनिक अभ्यास गर्नेछन् । यो अभ्यास आगामी मार्च १२ सम्म चल्नेछ । नौ दिनको यस अभ्यासमा प्रतिकार्य नभई आत्मरक्षामा जोड दिइएको छ । यस अभ्यासमा कति सेना सहभागी हुनेछन् भन्ने जानकारी दिइएको छैन ।
दक्षिण कोरियाका विदेश मन्त्रीले सियोलका मुख्य आणविक विशेषदूत ली डो–हूनले अमेरिकी प्रतिनिधि स्टेफन बाइगनसँग वार्ता गर्न अमेरिका प्रस्थान गर्ने बताउनुभएको छ ।
“विशेषदूत ली यसै साता अमेरिका जानुहुनेछ,” मन्त्रालयका प्रवक्ता नोह क्यू–डुकले बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: