Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

पाँच अङ्कले घट्यो शेयर बजार

काठमाडौँ। साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य करिब पाँच अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९५ विन्दुले घटेर ११००.५८ विन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.९५ विन्दुले घटेर २३३.८८ विन्दुमा कायम भएको छ । स्टकका अनुसार कूल १७४ कम्पनीको आठ लाख ७३ हजार ४९५ कित्ता शेयर रु २३ करोड ५३ लाख २० हजार ९४० मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका दश उपसमूह मध्ये आज दुई उपसमूहको शेयर बढेको छ भने आठ उपसमूहको शेयर घटेका छन् । होटल ४.२३ र जीवन बीमा ५३.०८ विन्दुले बढेको छ । बैंकिङ ६.५९, विकास बैंक ४।४६, जलविद्युत् ४.१, वित्त ०.४४, निर्जीवन बीमा २७.७२, उत्पादन २३.७३, अन्य १.८९ र लघुवित्त ७।५५ विन्दुले घटेको छ ।

स्टकका अनुसार भागर्व विकास बैंकका शेयरधनीले ५।८४ प्रतिशतले कमाउँदा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ३।४५, सानिमा माइ हाइड्रो पावर कम्पनी २।७९ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले २।२० प्रतिशतले कमाएका छन् ।

यस्तै सिन्धु विकास बैंकका शेयरधनीले ८.६९, कृषि विकास बैंक ६.४१, आँखु खोला जलविद्युत् कम्पनी ५.८८, घलेम्दी हाइड्रो पावर लिमिटेड ४।७४, जोशी हाइड्रो पावरका शेयरधनीले ४.५४ प्रतिशतले गुमाएका छन् । घटेको बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ६० लाख चार हजार ६५९, नेपाल बैंक लिमिटेडको रु एक करोड पाँच लाख ५९ हजार ४११, प्रभु बैंकको रु ९९ लाख १० हजार ९४१ र एनएमबी बैंकको रु ९५ लाख ६९ हजार ५७३ मूल्यमा शेयर कारोवार भएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending