Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

टीकापुर घटनाः सांसद रेशम चौधरीको ‘भाग्य’ फैसला आज

काठमाडौं । टीकापुर घटनाको मुद्दाको बहस सकिएसँगै जिल्ला अदालत कैलालीले आज बुधबार फैसला गर्ने तयारी गरेको छ । पुर्पक्षका लागि कारागारमा रहेका सांसद रेशम चौधरीसहित २७ जनाविरुद्धको मुद्दामा आज फैसला हुने कैलाली जिल्ला अदालतका तहसिलदार एवं सूचना अधिकारी नरबहादुर नेगीले बताए । उनले भने ‘वादी र प्रतिवादीका तर्फबाट बहस सकिएको छ । आज फैसला गर्ने तयारी हुँदैछ ।’ नेगीले भने, ‘सम्भवतः दिउँसो फैसला हुन्छ ।’

टीकापुर घटनामा संलग्नको अभियोगमा ५८ जना विरुद्ध कैलाली जिल्ला अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरीमा मुद्दा चलिरहेको छ । फरार रहेकाहरुको मुद्दा भने मुल्तवीमा रहने अदालतले जनाएको छ ।

प्रतिवादीका तर्फबाट बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, हरि फुयाल, मिलन राई, गजेन्द्रबहादुर केसी, गंगाराम पाध्याय, गम्भीरसिंह ऐर, बीरबहादुर जेठारा, नाथुराम महतो, जुहारीलाल चौधरी, भरत सिंह, दयाराम चौधरी, इन्द्र लेखक, प्रयागदत्त भट्ट, गोपालकृष्ण घिमिरेले बहस गरेका थिए ।

वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता विष्णु पौडेल र सहन्यायाधिवक्ता लक्ष्मीकिशोरी शर्माले बहस गरेका छन् । यो मुद्दामा ७३ जना साक्षीको बकपत्र गरिएको थियो ।

निर्वाचित भएको केही समयपछि जिल्ला अदालतमा आत्मसमर्पण गरेका चौधरी अदालतकै आदेशमा पुर्पक्षका लागि थुनामा छन् । थुनामै रहेका चौधरी केही समय अघि सांसदको सपथग्रहण गरिसकेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending