Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

तपाईं पनि सतर्क रहनुहोला ! जापानी भाषा सिकाउने नाममा यसरी हुन्छ ठगिधन्दा

रोजगारीका लागि जापान जान चाहनेहरूलाई लक्षित गरी भाषा सिकाउने नाममा हुनसक्ने ठगी रोक्न नेपाल सरकारले आवश्यक पहल थालिसकेको अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार श्रम तथा रोजगार मन्त्रालयले शिक्षा मन्त्रालयसँगको समन्वयमा भाषा सिकाउने नाममा हुनसक्ने ठगी रोक्ने उपायहरूबारे एक खाका बनाउने प्रक्रिया सुरु गरिसकिएको छ। रोजगारीका लागि नेपाल सहित ९ देशका कामदारहरू लिने जापानको पछिल्लो निर्णयपछि नेपालमा पनि जापानी भाषा सिक्न चाहनेहरूको संख्या बढिरहेको छ। त्यसैले ठगी रोक्ने उपायहरूको एक खाका बनाउन लागिएको अधिकारीहरू बताउँछन्। त्यो सँगै जापानमा रोजगारीका लागि पठाइने कामदारको भाषाको दक्षताबारे भविष्यमा लिइने परीक्षाको स्तर र मापदण्ड निर्धारण गर्ने विषयमा पनि गृहकार्य भइरहेको छ। जापानी भाषा सिकाउने संस्थाहरूले भने विगतमा विद्यार्थी भिसामा जापान जानेहरूका लागि बनाइएको पाठ्यक्रमकै आधारमा अहिले पनि जापानी भाषा सिकाउने गरिएको छ। भक्तपुरस्थित एउटा जापानी भाषा सिकाउने संस्थाकी शिक्षक शोभा जतीका अनुसार हाल जापानी भाषा सिक्न आउनेहरुको संख्या ह्वात्तै बढेको छ। भाषा सिक्न आउनेहरूले कामदारका रूपमा जापान जान आवश्यक पर्ने पाठ्यक्रमबारे सोध्ने गरेपनि आफूहरूले पहिलेकै शैलीमा भाषा सिकाउने गरेको उनी बताउँछिन्। उनले भनिन्, \'जापानमा नेपालीले रोजगारी पाउने विषयका समाचारहरू बाहिर आएपछि भाषा सिक्नेहरूको संख्या बढिरहेको छ। हामीले समाचारमा आए अनुसारकै भाषा सिकाइरहेका छौँ।\' तर कतिपयले भाषा सिकाइका नाममा ठगी हुन सक्ने चिन्ता व्यक्त गर्न थालेका छन्। दुई महिना अगाडि नेपाल र जापानबीच कामदार लैजानेबारे पहिलो चरणको सहमति भएको थियो। श्रम मन्त्रालयका अनुसार यसबीचमा सम्झौताको खाकाबारे छलफलहरू भएपनि हालसम्म नयाँ सम्झौता हुन सकेको छैन। श्रम सचिव महेश दाहालका अनुसार जापानी भाषा परीक्षा र कामदारको दक्षता बारे प्रश्नहरू उठ्न थालेपछि त्यसको स्पष्ट खाका पठाउन जापानलाई पत्राचार समेत गरिएको छ। भाषा परीक्षा कस्तो होला ? उनका अनुसार भाषा परीक्षालाई व्यवस्थित गर्न शिक्षा मन्त्रालयसँग समन्वय गरिनेछ। विगतमा विद्यार्थीको रुपमा जापान जानेहरुले आधारभूत मानिने पाँचौ तहसम्मको भाषा परीक्षा दिने गरेका थिए। कामदारका लागि भने चौथो तह सम्मको भाषा परीक्षा पर्याप्त हुने ठानिएको छ। अधिकारीहरूका अनुसार जापानसँगको सहमति अनुसार अर्को महिनाबाट नै नेपाली कामदार जापान जाने प्रक्रिया सुरु हुनेछ। तर त्यसको लागि भाषाको स्तर र सिपबारे आवश्यक पूर्व तयारीहरू भइरहेको छैन। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending