Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

सिन्धुपाल्चोकको सुक्खा बन्दरगाह एक महीनाभित्रै तयार हुँदै

मेलम्ची । सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन बन्दरगाह एक महीनाभित्र तयार हुने भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको बन्दरगाहको काम करीब पूरा भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीले जानकारी दिएका छन् । अप्रिल महीनामा चिनियाँ पक्षले निर्माण सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गर्नेछ ।

करीब ९० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा दुईतले भवन निर्माण गरिएको छ । भवनमा अध्यागमन, भन्सार, बैंक लगायतका कार्यालय रहनेछन् । दोस्रो भवन कर्मचारीको आवास हुनेछ ।

मितेरी पुलदेखि छ किलोमिटर पश्चिम भोटेकोशी गाउँपालिकाको लार्चामा बनिरहेको बन्दरगाहमा १५८ ठूला मालवाहक ट्रक र २३ साना गाडी जाँच गर्न सकिने छ । १०० मेट्रिकटनसम्म सामान बोकेका गाडी एकै पटक तौलिन सक्ने मेसिन राखिने समितिले जनाएको छ । बन्दरगाहमा आयात र निर्यातका लागि छुट्ठाछुट्टै टर्मिनल निर्माण गरिएको छ । बन्दगाहका लागि आवश्यक क्वारेनटाइन, गोदाम घर, जाँचपास याड, चेकपोष्टलगायतका संरचना निर्माण भइरहेका छन् ।
अरनिको राजमार्गबाट बन्दरगाह जोड्नका लागि भोटेकोशी नदीमाथि पुल निर्माण भइरहेको छ । नेपाल–चीन द्विपक्षीय सम्झौता भएर विसं २०६९ बाट निर्माण शुरु गरिएको बन्दरगाह विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि रोकिएको थियो ।

चीन सरकारको रु एक अर्ब २० करोड लागतमा निर्माण हुनलागेको हो । चिनियाँ सरकारकै सहयोगमा मितेरी पुलदेखि बन्दरगाहसम्मको सडक स्तरोन्नति भइरहेको छ । नेपाल–चीन जोड्ने मितेरी पुल धमाधम निर्माण भइरहेको छ । योसँगै तातोपानी नाका खुल्ने सुनिश्चित भएको छ । द्विपक्षीय छलफलले मे १ मा नाका खोल्ने मौखिक सहमतिसमेत गरेको छ ।

पाँचपोखरीको मूल सडक स्तरोन्नति

पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रमुख सडक स्तरोन्नति हुने भएको छ । पहिलो चरणमा मेलम्ची नगरपालिकाको सिमाना राम्चे डिलदेखि धापसम्मको सडक स्तरोन्नति हुनलागेको हो ।

पहिलो चरणअन्तर्गत गाँउपालिकाको सिमाना राम्चेडिलदेखि तिपेनी, गाउँपालिकाको कार्यालय थापटार, गुन्सा, मानेखर्क हँदै धापसम्मको १० किलोमिटर सडक स्तरोन्नति हुनेछ । यसका लागि ठेक्का प्रक्रिया सम्पन्न भई ठेकेदारले खन्ने काम शुरु गरिसकेको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए । \'मेलम्ची नगरपालिकाको चार किलोमिटर क्षेत्र सकिनासाथ हाम्रो क्षेत्रमा पिच गर्नका लागि काम नै शुरु भइसक्यो ।\' ह्योल्मोले भने, \'मेलम्ची नगरपालिकाले पनि डिपिआरको प्रक्रिया शुरु गरिसकेकोले सबै १४ किलोमिटर क्षेत्र पिच हुनेछ ।\' सडक स्तरोन्नति भएपछि स्थानीय जनताको जीवनस्तरमा समेत सुधार आउने उनले बताए ।

सडक निर्माणको लागि कूल रु ६४ करोडको लागत स्टिमेटमा बोलपत्र आह्वान गरेको र सो मूल्यमा ३८ प्रतिशत कम मूल्यमा काम गर्न चाहने निर्माण व्यवसायीको छनोटसमेत भइसकेको छ ।
\'मेलम्ची नगरपालिकाको सिमाना रहेको राम्चेडिलमा केही समस्या आएको छ, त्यसलाई पनि छिट्टै समाधान गछौँ\', लामाले भने, \'त्यसबाहेक गाउँपालिका प्रवेश गरेपछि कहीँ पनि कुनै समस्या आउन नदिई निर्धारित समयमै आयोजना सम्पन्न गराउने योजनामा छौँ ।\' बाँकी मेलम्ची बजार पुलदेखि राम्चेसम्मको चार किलोमिटर सडकको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) गर्न बाँकी रहेको छ । यो वर्ष मेलम्ची नगरपालिकाले आफ्नो खर्चमा डिपिआर गर्न सम्झौता गरिसकेको छ ।

सो सडक प्रसिद्ध धार्मिकस्थल पाँचपोखरी जान प्रयोग हुने मूल सडक पनि हो । सडकको स्तरोन्नति भएपछि पाँचपोखरी जाने धार्मिक पर्यटकको सङ्ख्या पनि वृद्धि हुने अपेक्षा गाँउपालिकाको छ । यसबाट सो क्षेत्रका मानिसको आर्थिक अवस्थामा पनि सुधार आउने गाँउपालिकाले जनाएको छ ।

टहरामै स्वास्थ्यचौकी

पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ गुन्सामा भूकम्प गएको चार वर्ष बितिसक्दा पनि जस्ताको टहरामै स्वास्थ्यचौकी रहेको छ । भूकम्पले क्षति पुर्याएको गुन्साकोट स्वास्थ्यचौकी भवन बजेट अभावले निर्माण हुननसक्दा अझै टहराबाटै स्वास्थ्य सेवा दिन बाध्य भएको हो । भवन निर्माणका लागि जग्गाको व्यवस्थापन भए पनि बजेट अभावमा निर्माण हुननसक्दा स्वास्थ्य सेवा दिन कठिनाइ भइरहेको वडाध्यक्ष काले गोलेले जानकारी दिए ।

दुईकोठे टहराबाट स्वास्थ्य सेवा दिन र औषधि भण्डारण गर्नसमेत समस्या परेको अध्यक्ष गोलेको भनाइ छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका आठ वडामध्ये सातमा प्रिफाइब अस्थायी स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । वडा नं ५ को गुन्साकोट स्वास्थ्यचौकी भवन निर्माणका लागि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा प्रस्ताव पेश गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए । उनका अनुसार आठवटै वडामा पक्की स्वास्थ्यचौकी भवन निर्माण गर्न गाउँपालिका लागिपरेको समेत बताए ।

भूकम्पअघि जिल्लामा एक अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र ७९ स्वास्थ्यचौकी रहेकामा भूकम्पका कारण ८० प्रतिशत स्वास्थ्यचौकीमा क्षति पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख डा पोमावती थापाले जानकारी दिए। स्थानीय तहलाई अधिकार हस्तान्तरण गर्नुअघि १४ स्वास्थ्यचौकी निर्माण भएको र हाल के कति पुनःनिर्माण भए सोबारे स्थानीय तहले जानकारी नगराएको समेत उनले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy