Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

फिदिममा मन्त्रीले जब धाराको टुटी खोले...

फिदिम। प्रतिलिटर ६० पैसामा खानेपानी खरीद गरेर जीविका चलाउँदै आएका पाँचथरको कुम्मायक गाउँपालिकाका स्थानीयवासीले डिप बोरिङ गरेर जमीनबाट पानी निकालिएपछि ‘आनन्द’को अनुभूति गर्दैछन् ।

रु ५१ करोड बजेट खर्च गरिएको यासोक क्षेत्र पम्पिङ खानेपानी आयोजना समयमै सम्पन्न नहुँदा खानेपानीको चरम अभावमा ‘काकाकुल’ थियो, कुम्मायक । यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको परिकल्पनाअनुसार यहाँ डिप बोरिङ जडान गरियो । नभन्दै पानी निस्कियो र वितरण हुन थालियो । त्यही डीप बोरिङ आयोजनाको मन्त्री आङ्बोले शनिबार औपचारिक उद्घाटन गरे ।

काकाकुल कुम्मायकवासीका लागि समस्याको अल्पकालीन समाधान गराउन उनले योजना बनाउनुभयो, बजेट निकासा भयो । पानी आएको धाराको टुटी खोल्ने पनि मन्त्री आङ्बो उपस्थित भए । यो क्षणमा स्थानीयवासी हर्षविभोर थिए । जब धाराबाट पानी झ¥यो, सयौँ सहभागीले तालीमार्फत यसको स्वागत गरे ।

सुख्खाग्रस्त क्षेत्र कुम्मायक गाउँपालिकामा खानेपानीको उद्घाटनसँगै त्यस क्षेत्रका करीब एक हजार ५०० घरधुरीका सात हजार ५०० परिवारमा खानेपानीको अल्पकालीन सुविधा पुगेको छ । कुम्मायक गाउँपालिका–१ स्थित यासोक बजारमा शनिबार डीप बोरिङबाट निकालिएको पानीको धारा खोलेर उद्घाटन गरिएको हो ।

सो अवसरमा मन्त्री आङ्बो यासोक क्षेत्र पम्पिङ आयोजनाअघि नै डिप बोरिङ आयोजनाले सानो राहत दिएको बताए । उनले प्रदेश सरकार शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत आवश्यकताको पूर्तिमा केन्द्रित भएको उल्लेख गरे । खानेपानीको अभावमा आफ्नो थाकथलो छोडेर बसाइँ सर्नुपर्ने बाध्यता अन्त्य गर्न यो योजना अघि बढेको उन प्रस्ट्याए । समृद्ध राष्ट्र निर्माणका लागि ठूला पूर्वाधार निर्माणअघि अत्यावश्यकीय आवश्यकता पूर्ति गर्नतर्फ तीनै तहका सरकारका केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिए ।

समुदायको मागमा आधारित भएर कार्य गर्न उनले सबै सरकारी निकायलाई निर्देशन दिए । यासोक क्षेत्रमा पम्पिङ खानेपानी आयोजनालाई सफल बनाएपछि पम्पिङ सिँचाइ आयोजना अघि बढाउनुपर्ने धारणा मन्त्री आङ्बोको छ । यसतर्फ तत्कालै स्पष्ट धारणा बनाउने उनले स्थानीयवासीलाई अपिल गरेका छन् । मन्त्री आङ्बोले वर्ष दिनमा सरकार परिवर्तन गर्दै अस्थिरता र द्वन्द्वको बीउ रोप्न पल्केकाहरु सरकारलाई घेराबन्दीमा पार्ने प्रयासमा लागिरहेको बताए ।

नेपाल सरकारले २०६८ सालमा सुख्खाग्रस्त क्षेत्र घोषणा गरेका साबिकका यासोक, रानीगाउँ र स्यावरुम्वा गाविसमा अहिले पाँच वटा डिप बोरिङका आयोजनाहरु अघि बढेका छन् । जसमध्ये तीन वटा आयोजनाबाट खानेपानी निकाली वितरण गर्न थालिएको छ । बाँकी दुई वटा आयोजना अन्तिम चरणमा पुगको आयोजनाका अध्यक्ष अमरसिंह थापाले जानकारी दिए । प्रदेश सरकारले रु एक करोड ६० लाख बजेट उपलब्ध गराएसँगै आयोजनको काम द्रुत गतिमा बढाई तत्कालै खानेपानी प्रबन्ध मिलाइएको खानेपानी तथा सरसफाइ डिभिजन नं १ का प्रमुख सुरतलाल चौधरीले बताए ।

मेची अञ्चलमै पहिलो पटक यहाँ डिप बोरिङको आयोजना सफल भएको उनको भनाइ छ । सुख्खा क्षेत्रमा पानी निस्केपछि स्थानीय हर्षित छन् । स्थानीय व्यवसायी लीला थापा भन्छिन्, “यो त अचम्मै हो । यसरी पानी निस्कन्छ भन्ने मैले सोचेको पनि थिएन । अब पानीकै अभावमा कुनै पनि व्यवसाय बन्द गर्नु नपर्ने भयो ।” विद्युत्को सहायताबाट बोरिङ गरेर निकालिएको पानी सर्वसाधारणका घरसम्म पु¥याउन यासोक बजारमा पुरानै पाइपलाइन र सङ्कलन केन्द्रलाई प्रयोग गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

यो सँगै कुम्मायक गाउँपालिकाले प्रतिलिटर ६० पैसामा वितरण गर्दै आएको तमोर नदीको पानी वितरण कार्यसमेत बन्द भएको छ । डिप बोरिङ आयोजनाको पानी वितरण भएसँगै पानी अभावमा बसाइँ सरेका थुप्रै परिवार पुनस्र्थापित हुने अपेक्षा गरिएको स्थानीयवासीसमेत रहेका पूर्वसामान्य प्रशासन राज्यमन्त्री डम्बरसिंह सम्बाहाम्फेको भनाइ छ ।

डिप बोरिङबाट पानी निकाल्ने प्रविधि सफल भएसँगै प्रदेश सरकारले फिदिम नगरपालिका–९ लुम्फावुङ, फिदिम नगरपालिका–११ नांगिन र फाल्गुनन्द गाउँपालिका–१ सुर्केनागीमा समेत यो प्रविधिको विस्तारमा सघाउने भएको छ । खानेपानीको अभाव रहेका जिल्लाका अन्य स्थानमा समेत यो प्रविधिको प्रयोगको माग बढेको हो ।

स्वास्थ्य शिविरमा ६४९ जनाले लिए सेवा

याङवरक गाउँपालिकाको सहयोगमा पाँचथरको थर्पुमा आयोजित स्वास्थ्य शिविरमा ६४९ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन् ।

बाँस्कोटा समाज नेपाल केन्द्रीय समिति र जिल्ला कार्यसमिति पाँचथरले शनिबार आयोजना गरेको उक्त स्वास्थ्य शिविरमा पाँचथरको याङवरक र हिलिहाङ गाउँपालिका तथा ताप्लेजुङको पाथीभरा याङवरक र सिदिङ्वा गाउँपालिकाका स्थानीयवासीले सेवा लिएका हुन् । उक्त निःशुल्क स्वास्थ्य परीक्षण शिविरलाई बी एण्ड सी अस्पताल विर्तामोड, झापा तथा समर्पित अस्पताल फिदिम, पाँचथरले प्राविधिक सहयोग गरेको समाजका कोषाध्यक्ष रामप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

उक्त शिविरमा स्त्री रोग विशेषज्ञ डा सुनील शाह र सङ्गीता राई तथा सर्जन डा वासुदेव बाँस्कोटा, छाला तथा यौन रोग विशेषज्ञ डा रवीन्द्र बाँस्कोटा र फिजिसियन डा उमेश ढुङ्गाना तथा डा राजेन्द्र श्रेष्ठले बिरामीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

यस्तै बाल रोग विशेषज्ञ डा रुपक आचार्य, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा राजीवकुमार शाह, नाक, कान, घाँटी रोग विशेषज्ञ डा धर्मकान्त बाँस्कोटा र रोडियोलोजिस्ट डा सुमनकुमार श्रेष्ठ लगायतले बिरामीहरुको स्वास्थ्य परीक्षण गरी परामर्श दिएका थिए । उक्त स्वास्थ्य शिविरमा भिडियो एक्स–रे, इसिजी र ल्याब सेवासमेत निःशुल्क सञ्चालन गरिएको थियो ।

स्वास्थ्य परीक्षण शिविरको उद्घाटन गर्दै याङवरक गाउँपालिकाका प्रमुख लेखनाथ घिमिरेले दुर्गम ग्रामीण क्षेत्रका लागि यस प्रकारका शिविरहरु आवश्यक रहेको बताउँदै यस्ता कार्यमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending