काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट निलम्बन गरेको छ ।
ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको समितिका संयोजक तारामान गुरुङको अध्यक्षताको बैठकले तामाङलाई अनुशासन उल्लंघनको कसुरमा अनुसन्धान नसकिउन्जेलसम्मका लागि सभापति पदबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
पार्टी नेतृत्वका विरुद्ध बदनियत राखी भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको आरोपमा तामाङलाई वैशाख ७ गते स्पष्टीकरण सोधिएको थियो । उहाँले आफ्नो स्पष्टीकरणमा त्यस्तो अभिप्राय नरहेको बताए पनि समितिले उक्त जवाफलाई प्रारम्भिक रूपमा सन्तोषजनक र चित्तबुझ्दो नदेखिएको ठहर गरेको छ ।
तामाङलाई सभापति पदमा कायम राख्दा अनुसन्धान कार्य प्रभावित हुन सक्ने भन्दै कांग्रेसको विधान २०१७ ९संशोधन सहित० को धारा ३४ ९८० ९ङ० र नियमावली २०७६ को नियम २८ ९३० बमोजिम आजैका मितिदेखि कामकाज गर्न नपाउने गरी कारबाही गरिएको हो ।
यसैगरी, अनुशासन समितिले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हकमा भने सोधिएको स्पष्टीकरणको विषयलाई तामेलीमा राख्ने निर्णय गरेको छ । गत वैशाख २ गते खड्कालाई पदीय जिम्मेवारीका सम्बन्धमा स्पष्टीकरण सोधिए तापनि वैशाख ४ गते सम्मानित सर्वोच्च अदालतबाट भएको फैसलापश्चात् उक्त स्पष्टीकरणको औचित्य समाप्त भएकाले सो निर्णय प्रक्रियालाई तत्कालका लागि तामेलीमा राखिएको समितिले जनाएको छ ।
बैठकले २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा पार्टी अनुशासन उल्लंघन गर्नेहरूमाथि पनि छानबिन तीव्र बनाउने निर्णय गरेको छ ।
निर्वाचनका क्रममा भएका अनुशासन उल्लंघनका उजुरीहरूको वर्गीकरण कार्य सम्पन्न भइसकेकाले आरोप लागेका व्यक्तिहरूबाट सात दिनभित्र स्पष्टीकरण माग गरिने भएको छ । उक्त स्पष्टीकरणका लागि ह्वाट्सएप, इमेल, भाइबर, मेसेन्जर, हुलाक तथा कुरियरजस्ता छिटो माध्यमबाट पत्राचार गर्ने निर्णय भएको का।वा। मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - १५:४६
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...
जेष्ठ १२ गते, २०८३ - १५:३६
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...
जेष्ठ १२ गते, २०८३ - १५:२६
काठमाडौँ । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलको अवरोधकाबीच बैठक अगाडि बढाएका सभामुख डोलप्रसाद अर्यालले होहल्ला चर्को सुन...
जेष्ठ १२ गते, २०८३ - १४:५९
काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले उठाएको अडानमा सभामुख डोलप्रसाद अर्यालले समर्थन जनाएका छन् । ...
जेष्ठ १२ गते, २०८३ - १४:५४
काठमाडौँ । प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएसम्म प्रतिनिधि सभाको कार्यसूची अघि नबढाउन विपक्षी दलहरूले सभामुखलाई आग्रह गरेका छन् । मङ्गलबा...
जेष्ठ १२ गते, २०८३ - १४:४४
काठमाडौँ । प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूले अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्...
जेष्ठ १२ गते, २०८३ - १४:३३
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर...
जेष्ठ १२ गते, २०८३ - १३:४०
काठमाडौं । दुर्गा प्रसाईं रिहा भएका छन्। पर्सा जिल्ला अदालतको आदेशपछि उनलाई साधारण तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जिल...
जेष्ठ १२ गते, २०८३ - १३:३४
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका –१३, जौंबारी निवासी मनकला भुसालको जंगली च्याउ खाँदा ज्यान गएको छ । जंगली च्याउ खाएपछि निरन्तर बान्ता भएर उ...
जेष्ठ १२ गते, २०८३ - १३:२६
काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आइतवार र शनिबार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई...



प्रतिकृया लेख्नुहोस्: