इथियोपियन एअरलाइन्सको विमान दुर्घटनापछि विभिन्न वायुसेवा कम्पनीहरूले \'बोइङ ७३७ म्याक्स ८ जेट\' लाई उडानबाट हटाएका छन्। आदिस अबाबाबाट उडेको केही मिनेटमै सो विमान आइतवार बिहान दुर्घटनाग्रस्त हुँदा १५७ जनाको मृत्यु भएको थियो। पाँच महिनाभित्र बोइङ ७३७ म्याक्स ८ मोडलको विमान दुर्घटनामा परेको यो दोस्रो पटक हो।
चीनको उड्डयन नियामक निकायले घरेलु वायुसेवा कम्पनीहरूलाई सो मोडलका विमानहरूको उडान स्थगित गर्न निर्देशन दिएको छ। इथियोपियन एअरलाइन्स तथा केमन एअरवेजले पनि सो मोडलका आफ्ना विमानहरू उडानबाट हटाएका छन्। इथियोपियामा विमान दुर्घटना हुनुको कारण अहिले नै भन्न नसकिने विज्ञहरूको धारणा छ।
केही महिनाअघि इन्डोनेशियमा पनि सोही मोडलको विमान दुर्घटनामा परेको थियो। लायन एअरको स्वामित्वमा रहेको सो विमान पनि धावनमार्गबाट उडेको केही बेरमै दुर्घटनाग्रस्त हुँदा १८९ जनाको मृत्यु भएको थियो। चीनको नागरिक उड्डयन प्रशासनले एउटा विज्ञप्तिमा दुवै दुर्घटना भर्खर सञ्चालनमा आएका \'बोइङ ७३७ म्याक्स ८\' विमान उड्नासाथ भएकाले तिनमा केही समानता भएको टिप्पणी गरेको छ।
उसले ती विमानका सबै उडान स्थानीय समयानुसार साँझ ६ बजेभित्र स्थगित गर्न निर्देशन दिएको छ। सो निर्देशनबाट एअर चाइना, चाइना इस्टर्न एअरलाइन्स, चाइना सदर्न एअरलाइन्स र अन्य कम्पनीहरू प्रभावित हुनेछन्। चीनमा सो मोडेलका कम्तीमा ९० वटा विमान सञ्चालनमा छन्।
बोइङ ७३७ को इन्जिन बनाउने फ्रान्सेली एरोस्पेस समूह साफोँको शेयर मूल्य सोमवार घट्यो। सो विमान सन् २०१७ देखि मात्रै नियमित उडानमा प्रयोग हुन थालेको हो। बोइङले आइतवारको दुर्घटनाबाट आफूलाई दु:ख लागेको भन्दै अनुसन्धानका लागि प्राविधिक सहयोग गर्न टोली पठाउने जनाएको छ।
इथियोपियाले बोइङ कम्पनी र अमेरिकाका विशेषज्ञहरूसँग समन्वय गरेर दुर्घटना अनुसन्धान गर्नेछ। भारतले पनि सो मोडलका विमान सञ्चालनबारे नियामक निकायहरूसँग छलफल गरेको बताएको छ। भारतमा जेट एअरवेज र स्पाइसजेटले \'बोइङ ७४७ म्याक्स ८\' मोडलका विमान प्रयोग गर्छन्। तर उनीहरूले कुनै टिप्पणी गरेका छैनन्।
बोइङको वेबसाइटका अनुसार १६ वटा वायुसेवा कम्पनीले सो मोडलका विमानहरू किनेका छन्। टीयूआई ग्रूपसँग त्यस्ता १५ वटा विमान छन्। उसले उत्पादकसँग आफू सम्पर्कमा रहेको र ती विमान चलाउन नहुने कारण नदेखेको बताएको छ। फ्लाईदुबईका प्रवक्ताले परिस्थितिबारे विचार गरिरहेको समाचार संस्था रोएटर्सलाई बताएका छन्।
नर्वेजियन एअरलाइन्ससँग १८ वटा त्यस्ता विमान छन्। तीमध्ये अधिकांशले आयरल्यान्ड र अमेरिकामा उडान गर्छन्। उसले ती विमान चलाउन छोडेको छैन।
सो एअरलाइन्सका निर्देशकले बोइङ र उड्डयन निकायले जे भन्छन् त्यो मान्ने बताएका छन्। उनले भने, \"हाम्रा यात्रुको सुरक्षा नै हाम्रो उच्च प्राथमिकता हो र हुन्छ।\"
सिल्कएअर, आरोलिनियस आर्जेन्टिनास र एअर इटालीसँग पनि त्यस्ता विमानहरू छन्। उत्तर अमेरिकाका वायुसेवाहरूले पनि ती विमान चलाउँछन्। साउथवेस्ट एअरलाइन्ससँग ३१ एवम् एअर क्यानडा र अमेरिकन एअरलाइन्ससँग २४-२४ वटा \'बोइङ ७३७ म्याक्स ८ जेट\' छन्। बिबिसि
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: