Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

शेयर बजार पाँच अङ्कले बढ्यो

काठमाडौँ। शेयर बजार बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.४ बिन्दुले बढेर एक हजार १५५.५० बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३६ बिन्दुले बढेर २४६.१० बिन्दुमा पुगेको छ । बढेको बजारमा कारोवार रकममा समेत वृद्धि भएको छ ।

कूल १७१ कम्पनीको १३ लाख ३९ हजार ९७२ कित्ता शेयर रु ४८ करोड ५८ लाख ७७ हजार ९३१ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूहको शेयर ०.२३ बिन्दुले घट्दा बैंकिङ ४.५९, होटल ४०.०९, विकास बैंक २२.५४, जलविद्युत् ४.६७, वित्त ५.०५, निर्जीवन बीमा २२.०८, अन्य २.३, लघुवित्त २।११ र जीवन बीमा ५.३७ बिन्दुले बढेको छ ।

स्टकका अनुसार तिनाऊ डेभलपमेन्ट बैंकका शेयरधनीले ९.८८, युनाइटेड फाइनान्स ९.८८, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ६.३८, सिनर्जी पावर डेभलपमेन्ट ४।९५सानिमा इक्विटी फण्डका शेयरधनीले ४.९० प्रतिशतले कमाएका छन् ।

यस्तै रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ६.१२, नेपाल हाइड्रो डेभलपर्स ४.३७, एनआइबिएल समृद्धि फण्ड ४.३०, सिझि लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.७७ बिन्दुले कमाएका छन् ।

कारोवारका आधारमा आज नेशनल लाइफ इस्योरेन्स कम्पनीको संस्थापक शेयर रु दुई करोड १० लाख ३४० मा कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै नेपाल क्रेडिट एण्ड कमर्स बैंकको रु एक करोड ९४ लाख ६२ हजार २८१, नेशनल लाइफ इन्स्योरेन्स रु एक करोड ५७ लाख ६८ हजार ८०१, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको रु एक करोड ३६ लाख ६३ हजार ३२० बराबरको कारोवार भएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending