Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

बोर्डिङ स्कूल खोल्न बन्देज लगाउने निर्णय

काठमाडौं, ४ चैत । नगरभित्रका विद्यालयलाई व्यवस्थित गर्ने भन्दै ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नयाँ निजी विद्यालयलाई यस वर्ष पनि सञ्चालनको अनुमति नदिने भएको छ। गतवर्ष महानगरपालिकाले नयाँ निजी विद्यालयलाई सञ्चालनको अनुमति नदिने निर्णय गरेको थियो।

महानगरपालिकाभित्र कम दूरीमा नै धेरै निजी विद्यालय भएकाले त्यसलाई व्यवस्थित गर्नका लागि नयाँ शैक्षिक सत्रमा पनि थप विद्यालयलाई अनुमति नदिइने महानगरपालिकाले जनाएको छ।

महानगर क्षेत्रभित्र १८२ निजी र ४० संस्थागत गरी कुल २२२ विद्यालय छन्। नक्साङ्कनको अभावमा कम दूरीमा नै धेरै विद्यालय रहेको नगर शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताए। उनका अनुसार कुमारीपाटी, लगनखेल, जावलाखेल लगायतका भित्री भागमा कम दुरीमा धेरै विद्यालय रहेका छन्।

अहिले सञ्चालनमा रहेका विद्यालयलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने छलफल भइरहेको उनले बताए। उनले भने, “ निजी विद्यालय व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल भइरहेको छ।” तीन चार वर्ष पहिलेसम्म निजी विद्यालय बढिरहँदा पनि सामुदायिक विद्यालय समायोजनमार्फत कम भएको महानगरपालिकाले जनाएको छ।

त्यसयता भने सामुदायिक विद्यालयको समायोजन हुन नसकेको नगर शिक्षा अधिकारी क्षेत्रीले बताए। ललितपुर जिल्लामा अहिले नै धेरै विद्यालय भएकाले नयाँ खोल्ने निजी विद्यालयको स्थायित्व पनि नहुने उनले बताए। उनले भने, “महानगरपालिकाको उद्देश्य विद्यालय सङ्ख्या थप्नेभन्दा भएकालाई कसरी सुधार गर्ने भन्ने नै हो।”

विद्यार्थी सङ्ख्या कम भएका विद्यालयको व्यवस्थापनका लागि महानगरपालिकाले जोड दिएको छ। सरकारले निजी विद्यालयलाई प्रतिस्थापन गर्ने लक्ष्य राखिरहेका बेला यसअघि काठमाडौं महानगरले पनि यस्तै निर्णय लिएको थियो।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: