क्राइस्टचर्च। सिरियाको गृहयुद्धका कारण भागेर “विश्वकै सर्वाधिक सुरक्षित” ठानिएको मुलुक न्यूजील्यान्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएको पुष्टी भएको छ । उनीहरुको बुधबार सम्पन्न दाहसंस्कारमा सयौं न्यूजील्यान्डबासी उपस्थित भएर भावपूर्ण विदाई गरेका थिए ।
न्यूजील्यान्डको क्राइस्टचर्चका दुईवटा मस्जिद आक्रमणमा मारिएका व्यक्तिहरुमध्ये हालसम्म यी दुई बाबुछोराको मात्र दाहसंस्कार भएको छ । उक्त घटना भएको पाँच दिन पुगिसकेको छ र अन्य व्यक्तिको दाहसंस्कारमा विभिन्न कारणले ढिलाइ भइरहेको छ ।
सिरियाबाट यहाँ आएकाहरुमा बाबु ४४ वर्षीय खालिद मुस्तफा र उनका १५ वर्षीय छोरा हम्जा मुस्तफा रहेका छन् ।
क्राइस्टचर्चको मस्जिदमा शुक्रबारको प्रार्थनाका लागि जम्मा भएका व्यक्तिमध्ये ५० जनाको गोली लागी मृत्यु भएको थियो । गोरा अतिवादीले उक्त आक्रमणको भिडियो खिचेर सामाजिक सञ्जाल फेसबुकमा समेत प्रत्यक्ष प्रशारण गरेका थिए ।
हम्जा पढ्ने माध्यमिक विद्यालयका प्रिन्सिपलले हम्जा पढाइमा निकै मिहिनेती रहेको बताउँदै उनलाई घोडचढी खुबै मनपर्ने गरेको स्मरण गरे ।
यी बाबुछोराको दाहसंस्कारमा हम्जाका भाइ १३ वर्षीय जाइद पनि उपस्थित थिए । मस्जिदमा सँगै रहेका जाइदलाई भने पाखुरा र खुट्टामा गोली लागेको थियो । “दाहसंस्कारका समयमा उनी ह्वीलचेयरबाट उठ्न खोज्थे, तर सक्दैनथे,” दाहसंस्कारमा सहभागी एक जनाले बताए ।
“हामीले उनलाई हात नमिलाउन अनुरोध ग¥यौं । तर उनी सबैसँग हात मिलाउन चाहन्थे, उनी सबैजना उपस्थित भएकामा खुशी हुन चाहन्थे,” अस्ट्रेलियाबाट दाहसंस्कारमा सहभागी हुन क्राइस्टचर्च पुग्नु भएका जमिल एल–बिजाले भने ।
मुस्तफा बाबुछोरा गत वर्ष मात्र न्यूजील्यान्ड बसाइँ सरेका थिए । जोर्डनमा करिब छ वर्ष शरणार्थी जीवन बिताएर उनीहरु अस्ट्रेलिया हुँदै न्यूजील्यान्ड पुगेका थिए ।
मुस्तफाकी पत्नी सल्वाले रेडियो न्यूजील्यान्डसँग कुरा गर्दै सबै जनाले विश्वमै सबैभन्दा सुरक्षित मुलुक न्यूजील्यान्ड हो भनेपछि यहाँ आएको बताए ।
उनले भने, “तर यहाँ पनि सुरक्षा रहेनछ ।”
मस्जिद गोलीकाण्डमा मारिएका परिवारका सदस्यहरु आफ्ना नातेदारको दाहसंस्कारका लागि व्यग्रतापूर्वक प्रतिक्षा गरिरहेका छन् ।
प्रहरी आयुक्त माइक बुसले प्रहरीले सबै पीडितको पहिचान गरिसकेको र २१ जनाको शव सम्बन्धित परिवारजनलाई बुझाउन लागेको जानकारी दिए ।
इस्लामिक धार्मिक परम्परा अनुसार शवको शुद्धिकरण पश्चात जतिसक्दो चाँडो जमिनमा गाड्नु पर्दछ ।
न्यूजील्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डनले आमजनता समक्ष पीडितका पक्षमा कुरा गर्न पुनः आग्रह गर्नुभएको छ । उहाँले हत्याराको नाम समेत लिन नहुने बताए ।
मस्जिद आक्रमणमा १४ वर्षका काश्मिरी छात्र १४ वर्षीय सायद मिल्नेको पनि मृत्यु भएको छ । मङ्गलबार साँझसम्म करिब ३० जना अझै अस्पतालमा उपचारारत छन् । तीमध्ये करिब १० जनाको स्वास्थ्य स्थिति निकै जटिल रहेको अस्पतालले जनाएको छ । घाइतेमध्ये चार वर्षकी बालिका पनि छिन् ।
अस्ट्रेलियाली नागरिक २८ वर्षीय ब्रेन्टन ह्यारिसन टारान्टमाथि मस्जिद आक्रमण र व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले टारान्ट एक्लैले गोली चलाएको हो वा अरु पनि सहभागी थिए भन्ने बारेमा अनुसन्धान गरिरहेको छ ।
न्यूजील्यान्डकी प्रधानमन्त्री आर्डनले मुलुकको बन्दुक कानुनमा सुधार गर्ने बताउँदै अर्को साताभित्र नयाँ कानुन ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । एपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: