काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण का तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरूले उनीमाथि लगाइएको राज्यविरुद्धको अपराधसम्बन्धी आरोपको आधार कमजोर रहेको दाबी गरेका छन्।
काठमाडौं जिल्ला अदालतमा जारी सुनुवाइका क्रममा अधिवक्ता पंकजकुमार कर्ण ले भुटानी शरणार्थीहरूको जन्म, मृत्यु र विवरण अभिलेखीकरण गर्ने निर्णयलाई गलत अर्थ लगाएर खाणलाई राजद्रोहजस्तो गम्भीर अभियोगमा जोड्न खोजिएको जिकिर गरे।
“अन्य व्यक्ति शरणार्थी बन्न नआऊन् भनेर ट्र्याक रेकर्ड राख्ने निर्णय गरिएको थियो। शरणार्थीहरूको विवरण व्यवस्थित गर्ने प्रयासलाई राज्यविरुद्धको अपराध भन्न मिल्दैन,” कर्णले इजलासमा तर्क गरे।
उनले खाणविरुद्धको अभियोग मुख्यतः एक व्यक्तिको बयानमा आधारित रहेको दाबी गर्दै खाणले अभियोगमा उल्लेख गरिएका केही व्यक्तिलाई नचिनेको समेत बताए।
एक सातादेखि अन्तिम सुनुवाइ
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्का को इजलासमा करिब एक सातादेखि प्रतिवादी पक्षका कानुन व्यवसायीहरूको बहस जारी छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत तेस्रो मुलुक पठाइदिने प्रलोभनमा रकम असुली गरिएको आरोपमा दायर यो बहुचर्चित मुद्दामा झण्डै तीन वर्षपछि अन्तिम सुनुवाइ भइरहेको हो।
को–को छन् प्रतिवादी ?
यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत ३० जनाविरुद्ध किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधसम्बन्धी अभियोग लगाइएको छ। पछि पूरक अभियोगमार्फत थप प्रतिवादीहरू पनि थपिएका थिए।
मुद्दाको अवस्था
२०८० जेठमा दायर भएको मुद्दामा विभिन्न चरणमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट थुनछेकसम्बन्धी आदेशहरू भइसकेका छन्। केही प्रतिवादी धरौटीमा छुटेका छन् भने केही अझै पुर्पक्षका लागि कारागारमा छन्।
पूर्वगृहमन्त्री खाण उच्च अदालतको आदेशपछि ३० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए। उनीमाथिको मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ।
नक्कली भुटानी शरणार्थी प्रकरणलाई पछिल्ला वर्षहरूमा नेपालमा सार्वजनिक भएको सबैभन्दा चर्चित मानव तस्करी तथा ठगी प्रकरणमध्ये एक मानिन्छ, जसको अन्तिम फैसला अब अदालतको निर्णयपछि मात्रै टुंगिनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - २२:२२
काठमाडौं । लगातारको वर्षा। उकालो बाटो। गुलाबी, हरियो र पहेँलो रेनकोट ओढेका तीन साना बालबालिका आफ्नै तालमा विद्यालयतर्फ हिँडिरहेका छन्। १७ सेकेन्ड लामो...
श्रावण ८ गते, २०८३ - २१:५३
चितवन । भारतबाट केरा आयात रोकिएपछि चितवनका केरा किसानले वर्षौंपछि आफ्नो उत्पादनको उचित मूल्य पाउन थालेका छन्। सरकारले आयातमा रोक लगाएसँगै स्थानीय उत्प...
श्रावण ८ गते, २०८३ - २१:५१
तनहुँ । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँमा दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्। गण्डकी प्रदेश–०१–००१ ख ०१७१ नम्बरको माइक्र...
श्रावण ८ गते, २०८३ - २१:४८
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गोविन्द पन्थी आफ्नै निर्वाचन क्षेत्रमा लडेर सामान्य घाइते भएका छन्। गुल्मी नि...
श्रावण ८ गते, २०८३ - २१:४६
काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल सेवा अनुमतिपत्र (लाइसेन्स) नवीकरणका क्रममा सरकारले राखेका सर्तमाथि गम्भीर असन्तुष्ट...
श्रावण ८ गते, २०८३ - २०:३३
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ पछिल्ला दुई सातायता निजी क्षेत्रसँग निरन्तर संवादमा छन्। सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने, लगानीक...
श्रावण ८ गते, २०८३ - २०:२८
काठमाडौं । बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बस्ती रहेका क्षेत्रलाई अब खुला सार्वजनिक स्थलका रूपमा विकास गरिने भएको छ। सरकारले ती स्थानमा हरित क्...
श्रावण ८ गते, २०८३ - २०:०६
काठमाडौं । नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर डिम्ब झिकाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गर्दै मानव बेचबिखनको कसुरमा अनुसन्धान अघि बढाएको छ। घटन...
श्रावण ८ गते, २०८३ - १९:५७
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया र संविधानसभापछि कम्युनिस्ट आन्दोलन सत्ताकेन्द्रित बन्दा जनतासँगको सम्बन्ध कमजोर भए...
श्रावण ८ गते, २०८३ - ०९:१४
ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ



प्रतिकृया लेख्नुहोस्: