काठमाडौँ । पछिल्ला दिनमा ओरालो लाग्दै आएको शेयर बजार आज पनि करीब सात अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.८६ विन्दुले घटेर एक हजार १४०.६० विन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५२ विन्दुले घटेर २४२.४७ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १७१ कम्पनीको नौ लाख ४७ हजार ७२६ कित्ता शेयर रु २७ करोड २४ लाख ९४ हजार ५६५ मूल्यमा खरीद बिक्री भएका छन् ।
कारोवार भएका ११ उपसमूहमध्ये आज चार उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ । होटल १.०३, विकास बैंक २.७६, उत्पादन १.१६ र अन्य उपसमूह ०.७७ विन्दुले बढेको छ । यस्तै बैंकिङ ७.१९, व्यापार २.७९, जलविद्युत् ५.१८, वित्त १.३७, निर्जीवन बीमा ६९.१८, लघुवित्त १०.४६ र जीवन बीमा ६१.७६ विन्दुले घटेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड चार लाख ४२ हजार ९७० मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रु एक करोड ८२ लाख ९० हजार ८८०, सिटिजन बैंकको रु ९६ लाख ८७ हजार ६०३, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडको रु ९३ लाख ६५ हजार ४३१, एनआइसी एशिया बैंकको रु ८८ लाख सात हजार ८७ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।
स्टकका अनुसार आशा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९१ प्रतिशतले कमाउँदा भार्गव विकास बैंक ३.६५, साङ्ग्रिला डेभलपमेन्ट बैंक ३.५५, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.७८ प्रतिशतले कमाएका छन् ।
यसैगरी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.७४, उन्नति लघुवित्त वित्तीय संस्था ५.४३, किसान लघुवित्त वित्तीय संस्था ५.२०, नागबेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.६८ प्रतिशतले गुमाएका छन् । रासस
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: