Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

सार्वजनिक लेखा समितिमा १७ उजुरी, छानबिनको प्रक्रिया तय गर्न सोमबार बैठक

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भएको छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।

समिति सभापति भरतबहादुर खड्काका अनुसार बैठकमा समितिमा प्राप्त उजुरीहरूको विवरण प्रस्तुत गरिनेछ भने ती विवरण सदस्यहरूलाई पनि वितरण गरिनेछ। उजुरीको प्रकृति र गम्भीरताका आधारमा आगामी छानबिन तथा आवश्यक कारबाहीको प्रक्रिया तय गर्ने विषयमा छलफल हुने उनले बताए।

संघीय संसद् सचिवालयले संसदीय समितिहरूमा दर्ता हुने उजुरी व्यवस्थापनका लागि ‘एकद्वार प्रणाली’ लागू गर्ने तयारी गरिरहेको छ। यस व्यवस्थाअनुसार एउटै विषयको उजुरी एकभन्दा बढी समितिमा दर्ता हुने अवस्था अन्त्य गरी सम्बन्धित विषय हेर्ने समितिले मात्रै त्यसको अध्ययन र कारबाही गर्ने व्यवस्था गरिनेछ।

उक्त प्रणाली लागू गर्नुअघि प्रत्येक संसदीय समितिले आफूसँग रहेका उजुरीहरूको अवस्था र विवरणको समीक्षा गरिरहेको छ। सोही प्रक्रियाअन्तर्गत सार्वजनिक लेखा समितिले पनि प्राप्त उजुरीहरूको अध्ययन तथा व्यवस्थापनबारे छलफल गर्न लागेको हो।

समितिले उजुरीको गम्भीरता, विषयवस्तु र अधिकारक्षेत्रको मूल्याङ्कन गरेपछि कुन उजुरीमा कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय गर्ने जनाइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लघुवित्त पीडितको ‘राजधानी मार्च’, वित्तीय शोषण अन्त्य गर्न सरकारसँग माग

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले लघुवित्त संस्थाबाट पीडित नागरिकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै...

सार्वजनिक लेखा समितिमा १७ उजुरी, छानबिनको प्रक्रिया तय गर्न सोमबार बैठक

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...

पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु

बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...

आर्थिक कानुन संशोधन विधेयकमा १५ वटा संशोधन प्रस्ताव, संसदीय समितिमा छलफल

काठमाडौं । अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न ल्याइएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि स...

देवानगञ्ज घटनापछि सप्तरीमा सद्भावको सन्देश, राजविराज र बोदेबरसाइनमा निकालियो शान्ति र्‍याली

राजविराज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाबीच सप्तरीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न विभिन...

मनसुन विपद् : २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

काठमाडौँ। मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था...

ग्यासको कृत्रिम अभाव हुन नदिन डिलरको अनुगमन

तनहुँ । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय तनहुँले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन सुरु गरेको छ। सहायक...

सप्तरीमा कर्फ्यु खुकुलो

सप्तरी। सप्तरीमा आम नागरिकहरूको दैनिक अत्यावश्यक कामलाई मध्यनजर गर्दै सप्तरीको राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्युमा केही खुकुलो ...

ब्रड पिक दुर्घटना : निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव क्याम्प–१ तर्फ ल्याइँदै

काठमाडौं । पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जासहितका दिवंगत आरोही...

बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा किनबेच भइरहेको छ ?

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो ।  नेपाल सुनचाँदी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending