Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

रुसीहरु यसकारण बच्चा जन्माउन अमेरिकै पुग्छन्

मियामी । हरेक वर्ष सयौं गर्भवती रुसी महिलाहरु संयुक्तराज्य अमेरिकाको यात्रामा निस्कन्छन् । उनीहरु घुमघामका लागि अमेरिका आइपुगेका होइनन्, आफ्नो नवजात शिशुलाई अमेरिकी नागरिकले पाए सरहका सुविधा दिलाउने चाहना हो ।

यात्रा कागजात ९ट्राभल डकुमेन्ट० बनाउन उनीहरुले तस्करहरुलाई २० हजारदेखि कहिलेकाहिँ ५० हजार अमेरिकी डलरसम्म बुझाउँछन् । यो रकम उनीहरुको बसोबास र अस्पतालको बसाईमा समेत खर्च हुन्छ । बच्चा जन्माउन रुसीहरु प्रायः अमेरिकाको फ्लोरिडा राज्यमा आइपुग्छन् ।

निकै खर्चिलो भएपनि उनीहरुका बालबच्चाले रुसीहरुको तुलनामा बढी अवसर र यात्राको अवसर प्राप्त गर्नेछन् । यो व्यवस्थाबाट बच्चाहरुका बाबुआमाले पनि कुनै दिन निकै लाभ प्राप्त गर्ने सक्नेछन् ।

रुसीहरुको यो आगमन “बच्चा जन्माउने पर्यटक” को लहरकै रुपमा देखिएको छ । रुसीसँगै चिनियाँ र नाइजेरियाली आमाहरुको निकै ठूलो संख्या पनि बच्चा जन्माउन अमेरिका पुगको देखिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संविधानमा रहेको यस्तो व्यवस्था हटाउनुपर्ने बताउँदै आउनुभएको छ । अमेरिकी संविधानले “जन्मको अधिकार” लाई मान्यता दिएको छ । अमेरिकी कानुनविदहरुबीच नै राष्ट्रपतिले संविधानको यो प्रावधान हटाउन पाउने वा नपाउने भन्ने बारेमा मतान्तर छ ।

अमेरिकी अधिकारीहरुले गर्भवतीलाई भिसा दिलाउने काममा संलग्नलाई बेलाबखत पक्राउ गरेका उदाहरण पनि छन् । पक्राउ परेका ती व्यक्तिहरुले अमेरिकामा बच्चा जन्माउन र नवजात शिशुलाई अमेरिकी नागरिक सरहको अधिकार दिलाउन प्रयास गरेको स्वीकारेका छन् ।

एसोसिएटेड प्रेससँग कुरा गर्दै एक रुसी आमाले भिसा आवेदन गर्दा नै बच्चा जन्माउन अमेरिका आएको बताइन् । ती महिलाले चिकित्सक र अस्पतालसँग गरिएको करार कागजात समेत देखाइन् ।

तर बच्चा जन्माउनकै लागि कति महिला अमेरिका आइपुग्छन् भन्ने कुनै आधिकारिक तथ्याँक छैन । अमेरिकी आप्रवास नीतिको कटु आलोचक संस्था आप्रवासन अध्ययन केन्द्रले गरेको एक अध्ययनमा सन् २०१२ मा करिब ३६ हजार विदेशी आमाले अमेरिकामा बच्चा जन्माएको देखाएको छ । बच्चा जन्मिएपछि उनीहरु आ–आफ्ना देश फर्किएको पनि उक्त अध्ययनमा उल्लेख छ ।

अमेरिका आएर बच्चा जन्माउनेमा सबैभन्दा ठूलो संख्या रुसी आमाहरुको छ । मियामी केयर कम्पनीमा कार्यरत आन्तोन याच्मेनेभले एपीसँग कुरा गर्दैै एक वर्षमा करिब १५० रुसी परिवारले कम्पनीबाट सेवा प्राप्त गरेको बताउनुभयो । मियामीको यसै स्थानको वरपर अरु करिब ३० वटा यस्ता कम्पनीहरु सञ्चालनमा छन् ।

दक्षिण फ्लोरिडा रुसीहरुबीच निकै लोकप्रिय स्थान हो । यो ठाउँमा मौसम केही राम्रो हुनुका साथै यहाँ रुसी भाषीहरुको बाक्लो उपस्थिति पनि छ । मियामीको उत्तरमा अवस्थित सन्नी आइसल बिचलाई त “सानो मस्को” कै रुपमा लिइन्छ ।

“वास्तवमै ३०,००० अमेरिकी डलरमा हामीले बच्चाका लागि अपार्टमेन्ट खरिद गर्न सक्दैनौं । तर हामीले उनका लागि स्वतन्त्रता दिन सक्छौं । यो यथार्थमा विशिष्ट अवसर हो,” ओल्गा जेम्ल्यानायाले बताउनुभयो । उहाँको गत डिसेम्बरमा यहीँ छोरी जन्मिएकी थिइन् । उहाँ आफ्नो बच्चाको अमेरिकी पासपोर्टको प्रतीक्षा गरिरहनुभएको छ ।

अमेरिकी पासपोर्टका धेरै फाइदा छन् । बच्चा २१ वर्षको भएपछि त्यस्ता बच्चाले आमाबाबुको पनि ग्रिनकार्ड ९अस्थायी आवास अनुमति० का लागि आवेदन दिन पाउँछन् ।

अमेरिकी पासपोर्ट धारकले कुनै रुसीको तुलनामा यात्राको बढी अवसर पाउँछन् । अमेरिकीहरुले भिसा बेगर नै १८० भन्दा बढी मुलुकमा छोटो अवधिको भ्रमण अनुमति पाउँछन् । रुसीहरुले अहिले करिब ८० मुलुकमा मात्र निःशुल्क भिषामा भ्रमण गर्न पाइरहेका छन् ।

अर्कोतर्फ रुसी भिसा रहेका व्यक्तिले अमेरिका भ्रमण गर्नुपर्दा भिसाका लागि धेरै लामो अन्तर्वार्ता प्रक्रियाबाट गुज्रनु पर्दछ । अन्तर्वार्ताको मिति लिनकै निम्ति पनि महिनौं कुर्नुपर्ने हुन्छ ।

कतिपय रुसीहरुले मस्को र पश्चिमा मुलुकबीच तनाब वृद्धि भएमा रुसीहरुको यात्रामा अझ कठिनाइ आउने चिन्ता व्यक्त गर्दछन् । रुसले आफ्ना नागरिकलाई विदेश भ्रमणमा अझ कडाई पनि गर्न सक्ने सम्भावन पनि छ ।

“द्वन्द्व बढ्दै गएमा मानिसहरुले सावधानी अपनाउन थाल्छन् किनभने रुसले आफ्नो सीमामा कडाई गर्न सक्छ । यदि त्यस्तो अवस्था आएमा मानिसले अर्को मुलुकको पासपोर्ट पनि लिनेतर्फ विचार गर्न सक्छन्,” लाट्भीयास्थित रुसी वेबसाइट मेडुजामा कार्यरत पत्रकार इल्या झेगुलेबले बताए। यो अनलाइन रुसको आलोचक पनि हो ।

गत वर्ष झेगुलेबलाई पत्नीसहित क्यालिफोर्निया भ्रमणमा आउन दुई वटा कार बेच्नु परेको थियो । उनीहरुको क्यालिफोर्नियामै बच्चा जन्मिएको थियो ।

अमेरिकी नागरिक अधिकार यूनियन, कतिपय कानुनी अधिकार समूहहरु तथा पूर्व सभामुख पल रायनले ट्रम्पको प्रस्तावलाई समर्थन गरेका थिए । तर उनीहरुले राष्ट्रपतिको ठाडो आदेशबाट यो अधिकार कटौती हुनै नसक्ने बताउँदै आएका छन् ।

अमेरिकी आप्रवासन अध्ययन केन्द्रका कार्यकारी निर्देशक अमेरिकी संविधानको यो प्रावधान निकै हानिकारक रहेको बताउछन् । उनले भने, “हामीले भएभरको शक्ति लगाएर यो प्रावधान हटाउनेतर्फ कार्य गर्नु पर्दछ, किभने यसले नागरिक हुनुको केही अर्थ राख्दैन ।”

रुसी सांसद भ्लादिमिर झिरिनोभ्स्की बच्चा जन्माउनकै लागि विदेश जानबाट कुनै महिलालाई रुसले रोक्नै नसक्ने बताउनुहुन्छ । उहाँ यस्तो कार्यमा महिलाहरु जर्मनी र इजरायल पनि जाने गरेको बताउछन् ।

“ट्रम्पले ठीकै गर्न खोज्नुभएको हो, किनभने यो कानुनलाई एउटा चालबाजीका रुपमा प्रयोग गरिएको छ । अमेरिकामा केही दायित्व नै नभएका व्यक्तिले पनि नागरिक हुने चाहना राख्नु ठीक होइन ।” एपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending