इन्जिन बिग्रिएर नर्वेनजिकै समुद्रको बीचमा अलपत्र परेको एउटा पानीजहाज अन्तत: सुरक्षित रूपमा मोल्डा बन्दरगाह पुगेको छ। \'द भाइकिङ स्काई\' नामक सो पानीजहाजमा १३ सय भन्दा बढी मानिसहरू थिए। तीमध्ये झन्डै पाँच सय जनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो। बिजुली कटेपछि उक्त पानीजहाजलाई छालले जमिनतिर धकेल्न थालेको थियो। सो पानीजहाजमा जडित चारमध्ये तीन इन्जिन चलाएर अरू डुङ्गाले तानेर आइतवार बन्दरगाह पुर्याइएको थियो।
घटना कसरी भयो?
नर्वेको ट्रुमसुबाट स्टुहभ्याङ्गरतर्फ जाँदै गरेको पानीजहाजको इन्जिनमा शनिवार दिउँसो समस्या देखिएको थियो। उक्त पानीजहाजलाई सहयोग गर्न पुगेका डुङ्गाहरूमध्ये एकका चालक ज्यान एरिक फिस्कर्स्ट्र्यान्ड \'आफ्टनपोस्टन\' पत्रिकालाई बताएअनुसार इन्जिन समयमै नचलेको र पानीजहाजलाई नबाँधिएको भए चट्टानहरूसँग ठोकिन सक्ने सम्भावना थियो।
उद्धारकार्यका लागि पाँच वटा हेलिकप्टर र ठूलो सङ्ख्यामा अरू पानीजहाज परिचालन गरिएको थियो । नर्वेको ट्रुमसुबाट स्टुहभ्याङ्गर तर्फ जाँदै गरेको पानीजहाजको इन्जिनमा शनिवार दिउँसो समस्या देखिएको थियो
तर प्रतिकूल मौसमका कारण उनीहरू त्यहाँबाट फर्कन बाध्य भएका थिए। पानीजहाजमा सवार यात्रुहरूलाई सुरक्षित स्थलमा ल्याउनका लागि नर्वेका अधिकारीहरूले हेलिकप्टरको सहायता लिने निर्णय गरेका थिए।
उद्धार गरिएकामध्ये २० जनालाई चोटपटक लागेको छ। अधिकांश यात्रु ब्रिटिश र अमेरिकी नागरिक भएको बताइएको छ। त्यसमा पनि धेरै जसो जेष्ठ नागरिक थिए। सञ्चालकका अनुसार ४३६ जना यात्रु र ४५८ चालक दलका सदस्य बन्दरगाह पुग्दासम्म पानीजहाजमै थिए।
पानीजहाज भित्रको अवस्था कस्तो थियो?
एक यात्रु डेरिक ब्राउनीले बीबीसीलाई बताएअनुसार शुक्रवार रातभरि पानीजहाज घुमिरह्यो। शनिवार दिउँसो इन्जिन बन्द भयो। हेलिकप्टरबाट उद्धार गरिँदा धेरै डर लागेको उनले बताए। म्यान्चेस्टरका जर्ज डेभिसका अनुसार उनी र उनकी पत्नी बार्बराले उद्धारका लागि १० घण्टा कुरेका थिए।
\"यो निकै डरलाग्दो घटना थियो,\" उनले भने। पानीजहाजमा रहेको क्यामेराले कैद गरेको भिडिओले लाइफ ज्याकेट लगाएर उद्धारका लागि पर्खिरहेका यात्रुहरू देख्न सकिन्छ। \'द भाइकिङ स्काई\'ले पहिलो पटक सन् २०१७ मा यात्रा गरेको थियो।
इन्जिनमा देखिने समस्या सामान्य हो?
टेक्ससमा बस्दै आएका एक इन्जिनियर तथा प्राविधिक विषयका लेखक ट्रेभर इङ्ग्लिशका अनुसार यस्तो किसिमको समस्या वा पानीजहाजमा देखिने अन्य विभिन्न किसिमका समस्याको मिश्रण निकै दुर्लभ मानिन्छ।
\"हामीले बुझ्न जरुरी छ कि यस्ता किसिमका पानीजहाजको इन्जिनियरिङ उच्चस्तरीय हुन्छ,\" उनले भने। \'द भाइकिङ स्काई\' जस्तो पानीजहाजमा चारवटा इन्जिन हुने बताउँदै उनी भन्छन् - पानीजहाजको कुनै भाग फुटेको खण्डमा भने त्यसले पूर्ण रूपमा ऊर्जा प्रणालीमा समस्या पैदा गर्न सक्छ।
\"अधिकांश यस्ता घटनामा इन्जिनमा समस्या आए तत्काल फेर्न सकिन्छ। तर यो घटना आँधीका कारण फरक बन्न पुग्यो।\" बिबिसिबाट
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: