काठमाडौं । दार्जिलिङबाट नेपाली भाषी राजु विष्टलाई भारतीय जनता पार्टी (भाजपा)ले उम्मेदवार बनाएको छ । दार्जिलिङवासीले नेपालीभाषी उम्मेदवार हुनुपर्ने माग गरेपछि भाजपाले मणिपुरको काङपोखका ३३ वर्षीय राजु विष्टलाई उम्मेदवार बनाएको हो ।
विष्ट भाजपाका नेता भने होइनन् । नेपाली भाषी हुनुपर्ने माग भएपछि भाजपाले सामाजिक क्षेत्रमा क्रियाशिल विष्टलाई उम्मेदवार बनाउने घोषणा गरेको हो । यसपटक पनि भाजपाले दार्जिलिङका निवर्तमान सांसद तथा केन्द्रीय मन्त्री एसएस आहलुवालियाको नाम घोषणा गरेको थियो । तर दार्जिलिङवासीले त्यसको विरोध गरेपछि विष्टलाई उम्मेदवार बनाइएको हो ।
विष्ट राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) निकट सूर्या फाउन्डेशनका प्रबन्धक निर्देशक हुन् । समाजसेवामा क्रियाशील उनी सूर्या फाण्डेशनकोबाट गरीब तथा जहेन्दार विद्यार्थीको पक्षमा काम गर्छन् । विष्टलाई दुई प्रमुख राजनीतिक दल विमल गुरुङ नेतृत्व गोर्खा जनमुक्ति मोर्चा र गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको गठबन्धनको पनि साथ रहेको छ ।
विष्टले मंगलबार आफ्नो उम्मेदवारी नामाकरण समेत गराइसकेका छन् । भाजपाले टिकट दिएपछि उनी सोमबार नै दिल्लीबाट दार्जिलिङ पुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । दार्जिलिङ फर्किएपछि उनको भव्य स्वागत भएको छ ।
विगत दश वर्षयता भाजपाले बाहिरबाट उम्मेद्वारहरू पठाउने गरेको थियो । यसअघि जसवन्त सिंह र एसएस अहलुवालियाले भाजपाबाट चुनाव जितेका थिए । दार्जिलिङमा नेपाली भाषीलाई नै उम्मेदवार बनाउने माग आए पछि आफ्नो उम्मेदवारी फिर्ता लिएका आहलुवालियाको विकल्पको रूपमा अन्य शीर्ष नेताहरूको नाम पनि चर्चामा आएका थिए । भाजपा संसदीय बोर्डमा बसेको आकस्मिक बैठकले पहिले आहलुवालियाको ठाउँमा पार्टीका दिग्गज नेताहरू अरूण जेटली र सुभ्रमन्यम स्वामीलाई उम्मेदवार बनाउने चर्चा पनि चलेको थियो ।
प्रतिकृया लेख्नुहोस्: