काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक आदेश जारी वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको हो ।
त्यस्तै अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ । स्थानीय तहले तोकेको क्वारेन्टान र होम आइसोलेसनमा बस्नुपर्ने उल्लेख छ ।
र, यो पनि : काठमाडौँमा एक हप्ता अत्यावश्यकबाहेकका सेवा बन्द (आदेशसहित)
त्यस्तै वैशाख १६ देखि एक हप्तासम्म खाद्य सामग्री औषधी तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द हुनेछन् । खाद्य सामग्रीको पसल विहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुलाउन पाइनेछ भने डिपार्टमेन्ट स्टोरको विहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइन्छ ।
र, यो पनि : अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने
प्रशासन कार्यालयको अनुमति लिएर १५ जनासम्म सहभागी भएर विवाह र ब्रतबन्धको गर्न पाइनेछ । सम्बन्धित विभागबाट अनुमति लिएर सरकारी कार्यालयका गाडी चलाउन पाइनेछ । त्यस्तै हवाई टिकट, पासपोर्ट, भिसा देखाएमा अन्तर्राष्ट्रिय उडानबाट विदेश जान पाइनेछ । पत्रकारले सूचना विभागको कार्ड देखाउनुपर्नेछ ।
के-के बन्द ?
- सभा सम्मेलन
- गोष्ठी, सेमिनार
- सिनेमा हल
- पार्टी प्यालेस
- स्वीमिङ पुल
- सपिङ मल
- मनोरञ्जनस्थल
- सैलुन
- ब्युटी पार्लर
- जिमखाना
- समूहमा खेलिने खेल
- पुस्तकालय
- संग्रहालय
- चिडियाखाना
के-के खुल्ला ? को-को आवतजावत गर्न पाउँछन् ?
- एम्बुलेन्स
- खानेपानी
- स्वास्थ्य
- खाद्यान्न
- तरकारी
- फलफूल
- दूग्धजन्य पदार्थ
- बैंक तथा वित्तीय संस्था
- दूरसञ्चार
- सरकारी कार्यालय
- बैंक तथा वित्तीय संस्था
- ढुवानीका साधन
- बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स
- स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन
- सरकारी कर्मचारी
- इन्टरनेट
- क्वारेन्टाइन
- आइसोलेसन
- फोहोरमैला व्यवस्थापन लगायतका ढुवानीका साधन
प्रतिकृया लेख्नुहोस्: