काठमाडौं । अब काठमाडौंका सडक सफा हुने भएको छ । काठमाडौं सफा गर्न काठमाडौं महानगरपालिकाले मंगलबारदेखि ब्रुमर अर्थात् यान्त्रिक कुचो सञ्चालनमा ल्याएको छ । धुलो र प्रदुषण कारण सास्ती व्यहोरि रहेका काठमाडौं बासीलाई ब्रुमर सञ्चालनमा आउँदा राहत पुग्ने देखिन्छ ।
धुलोको समस्या छोटो समयमै हल हुने काठमाडौं महानगरका प्रवक्ता इश्वरमान डंगोलले दाबी गरेका छन् । अब ब्रुमरद्धारा दैनिक ३०० किलोमिटरसम्म सडक सफा गर्न सकिने डंगोलले जनाए ।
हाल ल्याइएका ब्रुमर उच्च क्षमताका भएकाले तुरुन्तै समस्या समेत नआउने महानगरको दाबी छ । यसअघि चीनले दिएका दुइवटा ब्रुमर बिग्रिएको अवस्थामा छन् । अस्थव्यस्त सडक र धुलोको अवस्था जोखिमपूर्ण भएको कारण काठमाडौंमा सामान्य ब्रुमर चाँडै विग्रने गर्दछ ।
कस्तो छ ब्रुमर
महानगरले सञ्चालनमा ल्याएको ब्रुमर युरो ४ एमिसन स्टाण्डर्डको डुभेलो ६००० मोडलको हो । यी ब्रुमरको इन्जिन क्षमता १०७ किलोवाट रहेको छ । डिजेलबाट चल्ने ब्रुमरमा अगाडि एउटा, छेउमा दुईवटा र बीचमा एउटा गरी चारवटा ब्रस रहेको छ । ब्रुमरमा ५ सय लिटर पानी र ४.६८ घनमिटर धुलो भण्डारण गर्न सक्ने क्षमता रहेको महानगरपालिकाले जनाएको छ ।
दैनिक ३०० किलोमिटर सफाई हुने
पाँच वटा ब्रुमर सञ्चालनमा आउँदा दैनिक ३०० किलोमिटरसम्म सफा गर्न सकिने महानगरले जनाएको छ । ब्रुमरले प्रतिघण्टा बढिमा २५ हजार स्क्यानर मिटर सफा गर्न सक्दछ । महानगपालिकाको आकंलन अनुसार दैनिक एक ब्रुमर बराबर १० किलोमिटर सडक सफा हुनेछ । बेलुका १० बजेदेखि विहान ६ बजेसम्म यी ब्रुमरले सडक सफा गर्नेछन् । अहिले काठमाडौं महानगरमा १४ सय किलोमिटर सडक पर्छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: