काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दिएको अभिव्यक्तिका कारण अफगानिस्तान र पाकिस्तानबीच तनाव पैदा भएको छ । रुष्ट अफगानिस्तानले आफ्नो राजदूत समेत फिर्ता बोलाएको छ ।
इमरान खानले हालै अफगानिस्तानमा अन्तरिम सरकार गठन हुनुपर्ने अभिव्यक्ति दिएका थिए । अफगानिस्तानमा अन्तरिम सरकार बनेमा अमेरिका र तालिबान समूहबीच वार्ताले गति लिने खानले बताएका थिए । अफगानिस्तानले खानको यो अभिव्यक्तिलाई गैरजिम्मेवार भनेको छ ।
यसबीच तालिबान समूहले अफगानिस्तानको वर्तमान सरकारसँग वार्ता नगर्ने अडान लिइरहेको छ । असरफ गनी नेतृत्वको वर्तमान सरकार शान्ति प्रक्रियामा बाधा बनिरहेको अभिव्यक्तिसमेत इमरान खानले दिएको बीबीसीको समाचारमा उल्लेख छ ।
पाकिस्तानी प्रधानमन्त्रीको अभिव्यक्तिबाट रुष्ट अफगानिस्तानले आन्तरिक मामिलामा दखल नदिन चेतावनी दिएको छ । अफगानिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले ट्वीटरमा लेखेका छन्– पाकिस्तानले अफगानिस्तानको सम्प्रभुताको सम्मान गर्दैन, ऊ हस्तक्षेपको नीतिमा अगाडि बढिरहेको छ । यस विषयमा अफगानिस्तानले पाकिस्तानसँग स्पष्ट जवाफ समेत माग गरेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: