काठमाडौँ । लोकतन्त्र र पारदर्शीताको एक स्तम्भ मानिने सूचनाको हकको कार्यान्वयमा कुन मन्त्रालय वा निकाय उत्कृष्ट होला ? झट्ट अनुमान गर्दा जनतालाई प्रत्यक्ष सेवा दिने र जनसम्पर्क भएका मन्त्रालय र निकायले प्रभावकारीरुपमा सूचना प्रवाह गरेका होलान् भन्ने लाग्नसक्छ तर यथार्थ त्यस्तो छैन ।
राष्ट्रिय सूचना आयोगको सूचनाको हक कार्यान्वयनको परीक्षण प्रतिवेदन, २०७५’ (आरटिआइ अडिटले आम जनताको प्राय पहुँच नहुने तर सबै निकाय र नागरिकलाई प्रत्यक्षअप्रत्यक्षरुपमा अनिवार्य सम्बन्ध राख्ने अर्थ मन्त्रालयलाई उत्कृष्ट देखाएको छ । अध्ययनमा समेटिएका सङ्घीय सरकारका कूल २१ मन्त्रालयमध्ये सो मन्त्रालयले मात्र शत् प्रतिशत अङ्क १०० प्राप्त गरेको छ ।
सबैभन्दा न्यून अङ्क ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयले पाएको छ । सो मन्त्रालयको प्राप्ताङ्क ५२ छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि ६० अङ्क मात्रै पाएको छ । अर्थ मन्त्रालयपछि बढी प्राप्ताङ्क पाउनेमा तत्कालीन कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको ९४ देखिएको छ तर ५० भन्दा कम प्राप्त गर्ने मन्त्रालय देखिएको छैन । यसमा ९१ देखि १०० अङ्क पाउने पाँच मन्त्रालय छन् ।
“जनतासँग प्रत्यक्ष जोडिएका आम सरोकारका धेरै मन्त्रालयको सूचना प्रवाहको अवस्था नाजुक देखिन्छ”, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाट आज सार्वजनिक प्रतिवेदनमा भनिएको छ, “नेपाली समाज बढी मौनतामा विश्वास गर्छ, समाजलाई खुलापनमा परिवर्तन गर्न अझै गाह्रो छ ।”
आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सम्बन्धित मन्त्रालयमा सूचना अधिकारीको व्यवस्था, सूचनाको स्वतः प्रकाशन, सूचना मागको दर्ता किताब, सूचना माग र प्रवाहको तथ्याङ्क सङ्ग्रह, सूचनासम्बन्धी सन्देशमूलक जानकारीको व्यवस्था, बेवसाइटमा सूचना अधिकारीको विवरण, बेवसाइट अद्यावधिक रहेको, सूचना प्रवाहमा अग्रसरता, सूचनाको हकसम्बन्धी तालीम र सूचनाको हकको समष्टिगत मूल्याङ्कनकोस्तरका आधारमा सो अध्ययन गरिएको जानकारी दिनुभयो ।
उनले राणा शासन र पञ्चायतकालको विरोध गर्दै परिवर्तनका लागि जनताले लडेर ल्याएको गणतन्त्रमा पनि दिन मिल्ने सूचना लुकाउने वा नदिने प्रवृत्ति हुनु दुःखलाग्दो विषय भएको बताए । सञ्चार विज्ञ तथा उच्चप्रशासक सो अध्ययनमा परीक्षकका रुपमा रहेका थिए ।
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिमगठित सो आयोगले दश प्रश्नवालीका आधारमा विसं २०७३ देखि यस्तो परीक्षण गरी प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । विश्वव्यापीरुपमा सम्बन्धित मुलुकको सूचनाको हकको कानून र नागरिकका सूचनाको हकको पहुँचको अवस्थाको मापनमा १२३ मुलुकको अध्ययनमा नेपाल २२ औँ स्थानमा छ ।
क्यानाडामा मुख्यालय रहेको ‘सेन्टर फर ल एण्ड डेमोक्रेसी’ ले सो वरियता तय गरेको हो । नेपालको यो वरिता तुलनात्मक रुपमा सुधारोन्मुख छ । संविधानको मौलिक हकमा सूचनाको हक उल्लेख भएको मुलुकमा भने नेपाल दक्षिण एशियामै पहिलो मानिन्छ ।
नेपालको संविधानको धारा २७ मा मौलिक हकका रुपमा सूचनाको हकलाई समावेश गरिए पनि जनताले अपेक्षितरुपमा सूचना नमागेको र प्रशासनिक संयन्त्रलाई अझै पारदर्शी बनाउन नसक्दा स्थिति सन्तोषजनक नभएको आयोगको ठहर छ ।
सो हकअन्तर्गत नागरिकलाई सार्वजनिक निकायमा रहेका सार्वजनिक सरोकार र आफ्नो सरोकारका सूचना माग्ने र प्राप्त गर्ने अधिकार हुन्छ । पछिल्लो समयमा आयोगले सूचनाको हकमा ¬‘जनता जगाउने महाअभियान’ सञ्चालन गरी कानूनको व्यवहारिक प्रत्याभूतिको अवस्था सिर्जनाका लागि पहल गरेको जनाएको छ । सन् १९६६ मा स्वीडेनमा सूचनाको हकसम्बन्धी पहिलो कानून बनेको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: