Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

नेपालकी ५ वर्षिया प्रिन्शाले फहराईन इजिप्टमा नेपाली झण्डा, एकैसाथ दुई उपाधि

चैत्र १५ काईरो, मार्च २१ देखि २८ सम्म इजिप्टको हुर्घादा शहरमा टिभी स्टार्ट इन्टरनेशनल टिभी फेस्टिवलद्वारा आयोजित ब्युटी पिजेन्ट कार्यक्रममा ‘मिनी मोडल वल्ड २०१९’ को उपाधि नेपालकी ५ वर्षिया प्रिन्शा खड्काले जितेकी छिन । कार्यक्रममा मिनी मोडेल २०१९ का साथै उत्कृष्ट डान्सरको उपाधि पनि जितेकी थिईन ।

मोर्निंग ग्लोरी इन्टरटेनमेन्टको आयोजनामा मिनी लिटिल च्याम्प २०१९ को टाईटल जितेर अन्तराष्ट्रिय रुपमा नेपालको प्रतिनिधत्व गरेकी प्रिन्शा सहभागी मध्यकै सबैभन्दा कम उमेरकी भए पनि मिनीतर्फ मिनी मोडेलका साथै उत्कृष्ट डान्सरको पनि उपाधि हाँसिल गरेकी हुन ।

वालवाटिका इन्टरनेशनल स्कुलमा युकेजीमा पढ्ने प्रिन्शा अन्तराष्ट्रिय मिनी मोडलमा भाग लिन आयोजक मोर्निंग ग्लोरीको टिमसँग गत मार्च २० मा इजिप्ट गएकी थिइन । मार्च २१ देखि २८ तारिकसम्म संसारभरका विभिन्न देशबाट १८ वर्षमुनिका ४५ जना सहभागी रहेको उक्त कार्यक्रम ८ दिनसम्म त्यहाँ स्थित परिचित पाँचतारे होटेल द क्यारेवियन वल्ड रिसोर्टमा चलेको थियो ।

सिधान्युज संग कुरा गर्दै देश तथा विदेशमा ब्युटि पिजेन्ट कार्यक्रम गर्दै आएको कम्पनि मर्निङ ग्लोरी इन्टरटेनमेन्टकी म्यानेजिङ डाइरेक्टर मोहना क्षेत्री खनालले पनि कार्यक्रमबाट नेपालले उपाधि जित्दा साह्रै खुशी भएको बताउदै आगामी दिनमा जापानमा हुने सुपर किड इन्टरनेशनलको लागि पनि थप हौसला प्रदान भएको बताए ।

यस कार्यक्रमको लागि फेशनको डिजाइन रि ब्लुम फेसन बुटिक र न्युरोड स्थित बन्धना बुटिकले गरेको थियो । डान्स काठमाण्डौं डान्स स्टुडियोले सिकाएको थियो भने कोरियोग्राफर मारिशा श्रेष्ठ र विपाष्ना खनालले गरेकी थिइन ।

त्यसैबीच आजै स्वदेश फर्किएकी मिनी मोडल वल्ड २०१९ प्रिन्शा खड्कालाई त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलमा भब्य स्वागत गरिएको थियो । उनको स्वागतमा मर्निंग ग्लोरिका चिफ एक्जुकेटिभ दिनेश खनाल, कोरियोग्राफरद्वय मरिषा श्रेष्ठ, विपष्ना खनाल, वालवाटिका स्कूलको टिम, विभिन्न मिडिया र आफन्त लगायत समर्थकहरु झण्डा ब्यानर सहित पुगेका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending