Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

कैलालीमा ग्रिनेड विस्फोट हुँदा घाइते भएका एक नेपाली सेनाको मृत्यु, सहसेनानी घाइते

खबरडबली संवाददाता

धनगढी । कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्।

मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा हुद्दा हिमाल विक्रम विष्ट गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको कैलाली प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

उनका अनुसार विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो करिब १२ बजे मृत्यु भएको हो।

उक्त घटनामा नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ।

बिहीबार बिहान ९:१७ बजे सुदूरपश्चिम पृतना तालिम शिक्षालय अन्तर्गत गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएका सैनिकहरू अभ्यासमा सहभागी थिए। सोही क्रममा ग्रिनेड पड्काउँदा विष्ट घाइते भएका थिए।

विस्फोटबाट विष्टको दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको भए पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दस हजार भायल एन्टी–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...

कक्षा १२ नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थीहरूको प्रदर्शन

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...

रास्वपा महाधिवेशनमा मतदान घट्यो, झण्डै ३ हजारले मात्र गरे मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको मतदान सम्पन्न, नतिजा केहीबेरमा आउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। आज बिहानबाट सुरु भएको मतदान केहीबेरअघि सकिएको ह...

भेनेजुएलामा शक्तिशाली भूकम्प, कम्तीमा ३२ जनाको मृत्यु

काठमाडौं । भेनेजुएलामा ४० सेकेन्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन्। खोज तथ...

कैलालीमा ग्रिनेड विस्फोट हुँदा घाइते भएका एक नेपाली सेनाको मृत्यु, सहसेनानी घाइते

धनगढी । कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्। मोहन्याल गाउँ...

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको ...

विशेष कारण देखाउँदै राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभाको आज दिउँसो १:१५ बजे बस्ने तय भएको बैठक अन्तिम समयमा सूचना प्रकाशित गरी स्थगित गरिएको छ। संघीय संसद् सचिवालयले जारी गरेको ...

कैलालीमा तालिमका क्रममा ग्रिनेड विस्फोट, दुई सैनिक जवान गम्भीर घाइते

कैलाली। कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक जवान गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय क...

आज सुनचाँदी दुवैको भाउ घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदी दुवैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ हजार २ सय र चाँदी २५० रुपैयाँल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending