काठमाडौं । सरकारले रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनालाई पनि जनताको जलविद्युत कार्यक्रममा समेटेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सोमबार बसेको जनताको जलविद्युत् कार्यक्रम सञ्चालन समन्वय समितिको बैठकले ती आयोजनालाई जनताको जलविद्युत कार्यक्रममा समावेश गरी शेयर बिक्री गर्ने निर्णय गरेको हो।
यस अघि नै दई कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र चिलिमे जलविद्युत् कम्पनीका कर्मचारीलाई साधारण शेयर बिक्री गरिसकेको छ। सोमबारको वैठकले कार्यविधिमा आवश्यक संशोधन गरी शेयर बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिएका छन् ।
गत चैत्र दोस्रो साता मात्रै जनताको जलविद्युत कार्यक्रम अन्तर्गत माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको शेयर बिक्री भई बाँडफाँड भइसकेको छ ।
प्रतिकृया लेख्नुहोस्: