Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

हावाहुरी प्रभावितलाई कति पुग्यो राहत ?

काठमाडाैं । गत आइतबार आएको विनाशकारी हावाहुरीबाट प्रभावित बारा र पर्साका विभिन्न ठाउँहरुमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट उद्दार तथा राहत वितरणको कामहरु भइरहेको छ । पीडित परिवारका लागि राहत संकलन तथा राहत दिने घोषणाहरु समेत भइरहेका छन् ।

गृह मन्त्रालयले प्रति मृतक परिवार एक/एक लाखको दरले सहयोग गरिसकेको जानकारी दिएको छ । सरकारले पीडितको सम्पूर्ण उपचार खर्च समेत व्यहोर्ने जनाएको छ । त्रिपाल र टेन्ट लगायत सामाग्रीहरु वितरण गरिरहेको प्रदेश २ सरकारले घरविहिन परिवारलाई चार महिनाभित्र प्रि–फ्याब घर निर्माण गरिदिने भनेको छ ।

सरकारी पक्षबाट हावाहुरी प्रभावित क्षेत्रमा उद्दार तथा राहतका कामहरु भइरहेका बेला राजनीतिक, गैरसरकारी तथा निजी क्षेत्रबाट पनि उद्दार तथा राहतमा सक्रिय खालको भूमिका देखिन्छ । कतिपय राहत घोषणामा मात्रै सिमिति रहने हाम्रो परिपाटीलाई नियाल्दा पछिल्ला विभिन्न पक्षबाट भएका घोषणालाई यहाँ उल्लेख गरिएको छ । केन्द्र सरकार र प्रदेश सरकारसँगै विभिन्न राजनीतिक दलबाट पनि राहतहरु घोषणा भएका छन् ।

संघीय सरकारकाे राहत कति ?

सरकारले मृतकका परिवारलाई एक/एक लाख र उपचार खर्च व्यहोर्ने सरकारले मृतकका परिवारलाई एक/एक लाखका दरले राहत रकम दिइसकेको जनाएको छ । प्राकृतिक विपदमा मृत्यु भएकाको परिवारलाई सरकारले एक/एक लाख रुपैयाँ दिने गरेको छ । गत मंगलबार सरकारको तर्फबाट घाइतेको उपचार खर्च सरकारले नै व्यहोर्ने निर्णय गरिएको थियो ।

घर नै बनाईदिने प्रदेश २ सरकारको राहत योजना
हावाहुरीबाट घरबिहिन बनेका परिवारलाई प्रदेश २ सरकारले चार महिनाभित्र प्रि–फ्याब घर निर्माण गरिदिने निर्णय गरेको छ । प्रदेश सरकारको राहत तथा उद्वार व्यवस्थापन समितिको मंगलबारको बैठकले तत्कालका लागि त्रिपाल, टेन्ट उपलब्ध गराई चार महिनाभित्र प्रि–फ्याब घर निर्माण गर्ने निर्णय गरेको हो ।

प्रदेश ३ सरकारले एक करोड र सांसदले तीन दिनको तलब सहयोग
मंगलबार बसेको प्रदेश ३ को मन्त्रिपरिषदको वैठकले हावाहुरीबाट पीडित परिवारको लागि एक करोड रकम सहयोग गर्ने निर्णय गरेको छ । त्यसैगरि प्रदेश सांसदहरुको तर्फबाट तीन दिनको तलब सहयोग स्वरुप प्रदान गर्ने समेत निर्णय भएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश ३ का सांसदबाट तीन दिनको तलब सहयोग गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम सरकारले एक करोड र सांसदले एक दिनको तलब दिने
सुदुरपश्चिम सरकारले विनाशकारी हावाहुरीबाट पीडित परिवारको लागि एक करोड रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेश नं. ७ का प्रदेश सभा सदस्यहरुले एक दिनको तलब दिने भएका छन् । प्रदेश सभामा ५३ सदस्य छन् ।

नेकपाले प्रति परिवार पाँच लाख दिने
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले गत आईबार आएको हावाहुरीबाट ज्यान गुमाउनेका परिवारलाई राहत स्वरुप ५/५ लाख रुपियाँ प्रदान गर्ने घोषणा गरेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रभावित बाराको पुरैनियाबाट मृतकका परिवारलाई पार्टीको तर्फबाट प्रति परिवार ५ लाखका दरले राहत दिने घोषणा गरेका हुन् । अध्यक्ष प्रचण्डको घोषणा अनुसार अहिलेसम्म ज्यान गुमाएका २८ जनाका लागि नेकपाले १ करोड ४० लाख रुपियाँ प्रदान गर्नेछ । सो रकम मृतकको संख्या बढेको खण्डमा बढ्न सक्नेछ । यसअघि नै सत्तारुढ नेकपाले प्रत्येक सांसदबाट एक दिनको तलब बराबरको रकम संकलन गरी सहयोग स्वरुप उपलब्ध गराउने निर्णय समेत गरेको थियो ।

कांग्रेस सांसदले दुई दिनको तलब दिने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हावाहुरी पीडित परिवारलाई प्रत्येक सांसदको दुई दिन बराबरको तलब रकम दिने निर्णय गरेको छ । गत सोमबार बसेको संसदीय दलको वैठकले दुई दिनको तलब हुरी प्रभावितलाई दिने निर्णय गरेको हो । यसैबीच मंगलबार बाराको फेटा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले थप २५ लाख दिने घोषणा गरेका छन् । सो रकम कांग्रेस पार्टीको तर्फबाट दिइनेछ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले पनि राहत कोषमा छुट्टै १० लाख रुपैयाँ सहयोगको घोषणा गरिसकेका छन् । यसैबीच नयाँशक्ति पार्टीका संयोजक समेत रहेका गोर्खा–२ का प्रतिनिधि सभा सदस्य एवं पूर्व प्रम डा बाबुराम भट्टराईले १५ दिन बराबरको तलब रकम उपलब्ध गराउने बताएका छन् ।

उद्योग वाणिज्य महासंघले ५० लाख दिने
नेपाल उद्योग वाणिज्य महासंघले ५० लाख रुपैया संकलन गरि बारा र पर्साका हावाहुरी पीडितहरुलाई सहयोग गर्ने निर्णय गरेको छ । सोमबार बसेको महासंघको आकस्मिक बैठकले उद्योगी व्यवसायी मार्फत संकलन गरि रकम पीडित परिवारलाई दिने निर्णय गरेको हो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies