Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

विमान दुर्घटनामा १५७ जनाकाे ज्यान यसकारण गएकाे रिपाेर्टले देखायाे

बीबीसी । अघिल्लो महिना भएको इथोपियन एयरलाइन्सको एक जहाजको दुर्घटनाको प्रारम्भिक रिपोर्ट बाहिर आएको छ । रिपोर्टमा जहाज दुर्घटनाअघि धेरै पटक ‘घोप्टो परेर झरेको’ देखिएको छ । पाइलटहरुले ‘बारम्बार’ विमान निर्माता बोइङले त्यस्तो बेला अपनाउनु पर्ने भनेर सिफारिस गरेको सावधानी प्रक्रिया लागू गरेको भएपनि दुर्घटना नटरेको रिपोर्टमा उल्लेख छ । 

“उनीहरुको प्रयासको बावजुद, पाइलटहरुले जहाजलाई नियन्त्रण गर्न सकेनन् ,” इथोपियाका यातायात मन्त्री ड्याग्मवीट मोग्सले भने । ‘प्लाइट ईटी३०२’ अडिस अवावाबाट उडेपछि दूर्घटना भएको थियो । दूर्घटनामा १५७ को ज्यान गएको थियो ।  

उक्त दुर्घटना पाँच महिनाको अन्तरालमा बोइङ ७३७ म्याक्स जहाजको दोस्रो गम्भीर दुर्घटना थियो । अघिल्लो वर्षको अक्टोवरमा लायन एयर फ्लाइट जेटी६१० इण्डोनेशिया नजिक समून्द्रमा दुर्घटनाग्रस्त भएको थियो । उक्त दूर्घटनामा विमानमा सवार सबै १८९ जनाको मृत्यु भएको थियो । 

अदिस अवावामा भएको पत्रकार सम्मेलनमा ड्याग्म्वीटले भनिन् ,“विमान ‘क्रु’ सदस्यहरुले विमान निर्माताले प्रदान गरेको सबै प्रक्रियाहरु बारम्बार अपनाए तर पनि विमान नियन्त्रण गर्न सकिएन ।”

एक विज्ञप्तीमा इथोपियन एयरलाइन्सका प्रमुख कार्यकारी टेवाल्डे गेब्रमरियमले विमानका पाइलटहरुले देखाएको ‘उच्च तहको पेसागत प्रदर्शन’बाट आफू ‘निक्कै गर्व महसुस’ गरिरहेको बताए । 
“विमान लगातार घोप्टो झर्दा पनि उनीहरुले प्रयास गरिरहे तर पनि उनीहरु असफल भए । यो एकदमै दूभाग्यपूर्ण कुरा हो ,” एक विज्ञप्तीमा एयरलाइनले भनेको छ । इथोपियन एयरलाइन्सको दूर्घटनापनि ७३७ म्याक्सका सबै विमानहरुहरु ग्राउण्डेड गरिएको थियो । 

अनुसन्धातकताहरुले दुर्घटनाको जाँचको क्रममा ‘म्यानोभरिङ क्यारेक्टरस्टिक ओगमेन्टेसन सिस्टम’नामक सफ्टवेयरमा ध्यान केन्द्रित गरेका थिए । सो सफ्टवेयरलाई ७३७ म्याक्समा आउने अवरोध रोक्ने हिसाबले डिजाइन गरिएको थियो । 

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending