Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

प्रदेश सरकारप्रति सिके राउतको कडा आलोचना

काठमाडौं । नवगठित जनमत पार्टीका संयोजक सिके राउतले विनाशकारी हावाहुरी प्रभावित परिवारलाई प्रदेश सरकारले सहयोग गर्न नसकेको भन्दै कडा आलोचना गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत प्रदेश २ सरकारले आफ्नालाई पैसा बाँड्ने र करोडौं भ्रष्टाचार गर्ने बाहेक केहि नगरेको टिप्पणी गरेका हुन् ।

उनले फेसबुक स्टाटस मार्फत भनेका छन् –‘आज कति दिन भइ सक्यो हुरी पीडितहरु घरबारबिहिन भोकभोकै खुला आकाशमुनि रात बिताएको, तर मुख्यमन्त्री अन्तवार्ता दिन र मिडियाबाजी मैं मस्त छन् ।’ सरकारले पीडित परिवारलाई एक दिन पनि खाना खुवाउन नसकेको राउतको भनाई छ ।

उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फोटो शेयर गर्दै वर्षभर एउटा पनि राम्रो काम नसकेको टिप्पणी गरेका छन् ।

यसैबीच उनले अर्को फेसबुक स्टाटस लेख्दै भोजभतेर मैं ४ करोडभन्दा बढि स्वाहा बनाएको सरकारले केन्द्र भन्दै ताकेकोमा आपत्ति जनाएका छन् । ‘मुख्यमंत्रीले विदेशीलाई ३६ व्यञ्जन खुवाउन एकैदिन ७३ लाख खर्च गर्दा केन्द्र बाधा भएन । भोजभतेर मैं ४ करोड स्वाहा गर्दा केन्द्र बाधा भएन । तर अहिले भोक-भोकै घरबारविहिन भएर बिचल्ली परेका बाराका हुरी पीडित जनताहरुलाई १०/२० दिन सामूहिक रुपमा मेस संचालन गरेर दाल-भात खुवाउन मुख्यमंत्रीलाई केन्द्र बाधा भयो ?’ उनले केन्द्रलाई दोष दिएर आफ्नो असक्षमता र भ्रष्टाचार ढाक्न खोजिएको समेत बताएका छन् । ‘केन्द्रलाई नै सबैकुरा भन्ने भए प्रदेश सरकार के का लागि ?’ राउतको प्रश्न छ ।

\"\"

उनले फेसबुक स्टाटस मार्फत तराईमा उद्योग चलाउने उद्योगीले विपतको बेलामा समेत सहयोग नगरेकोमा दुःख व्यक्त गरेका छन् । चौधरी ग्रुप, पन्तञ्जली, महतो र खेतानहरुले अरबौं कमाएको भएपनि हावाहुरीका कारण गास, बास अनि कपास विहिन बन्न पुगेकालाई वेवास्ता गरेको बताएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies