Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

न्यायाधीशमा ‘हीरा’ टिपेर ल्याएँ’, प्रधानन्यायाधीश जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिस गर्दा आफूले ‘हीरा’ टिपेर ल्याएको दाबी गरेका छन् । न्याय परिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश जबराले न्यायाधीशबाट निकालिएका पिएचडी होल्डरलाई पुनः न्यायाधीशमा सिफारिस गर्नु आफ्नो ‘पवित्र लक्ष्य’ भएको बताउँदै आफूलाई सहयोग गर्न आग्रहसमेत गरे ।

आजको नागरिक दैनिकमा खबर छ - काठमाडौंमा शनिबार आयोजित न्यायाधीश समाजको वार्षिक साधारणसभामा प्रधानन्यायाधीश जबराले उच्च अदालतमा न्याय परिषद्ले सम्मान गरेका न्यायाधीश ल्याउने वातावरण नभएको पनि बताए। ‘न्यायाधीशको अनुभव भएको, कानुन व्यवसायीको अनुभव भएको, हामीमध्येबाट नै बलजफ्ती गरेर पठाएको, डक्ट्रेड गरेको व्यक्तिलाई लिएर आउनु भनेको भेस्टे«ट इन्ट्रेस्ट छ,’ प्रधानन्यायाधीश जबराले भने, ‘तपाईहरू बीचमा रहेका राम्रा व्यक्तिहरूलाई ल्याउने परम्परा सुरु गर्न सकुँ भन्ने मेरो पवित्र लक्ष्य हो ।’
प्रधानन्यायाधीशले न्यायाधीशहरूलाई प्रतिप्रश्न गर्दै थपे, ‘आज मैले एउटा न्यायाधीशबाट बाहिर गएको व्यक्तिलाई स्थान दिँदा स्वीकार्य हुँदैन भने तपाईहरू बीचमा गएर, समुद्रको तल्लो फेदमा गएर, नियुक्त गरेर, लिएर आएँ भने तपाईहरू स्वीकार्नुहुन्छ ? मान्नुहुन्छ ? तपाईहरू बीचमा हीरा हुनुहुन्छ, तर त्यो हीरा टिप्ने प्रवृत्तिलाई किन निरुत्साहित गरिन्छ ? मैले बुझ्न सकिनँ ।’ सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका पाँचमध्ये एक अधिवक्ता मनोजकुमार शर्मा पिचएचडी होल्डर हुन् । उनी पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका भतिजा हुन्। मनोजकुमार तत्कालीन पुनरावेदन अदालत बुटवलका ‘अतिरिक्त न्यायाधीश’ नियुक्त भएका थिए । संविधान आएसँगै अतिरिक्त न्यायाधीशको पद खारेज भएपछि उनी स्वतः हटेका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE