Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

आज पनि सरकारी अस्पताल ठप्प

काठमाडौं । सरकारी चिकित्सक आन्दोलनमा उत्रिएपछि सोमबार पनि देशभरका सरकारी अपस्तालमा स्वास्थ्य सेवा प्रभावित भएको छ । कर्मचारी समायोजन प्रति आपत्ति जनाउँदै सरकारी चिकित्सक आन्दोलनमा उत्रिए पछि स्वास्थ्य सेवा प्रभावित भएको हो । गत शुक्रबारदेखि सरकारी चिकित्सक काम छोडेर आन्दोलनमा उत्रिए पछि मुलुकभरका सबै सरकारी स्वास्थ्य सेवा प्रभावित भएको हो ।

चिकित्सकहरुले आकस्मिक सेवा बाहेक सबै सेवा बहिस्कार गरेका छन् । चिकित्सकको सेवा बहिस्कारका कारण अपरेशनको लागि समय लिएका बिरामी समेत समस्यामा परेका छन् । काठमाडौंका राष्ट्रिय चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल र ट्रमा सेन्टरमा ओपिडिको लागि आउने हजारौं बिरामी मर्कामा परेका छन् । अस्पतालले बहिरंग विभाग (ओपिडि)को टिकट दिएको छैन् ।

यसैबीच, सरकारी चिकित्सकहरुले मागको सुनुवाई नभए सामुहिक राजीनामा दिने समेत बताएका छन । सरकारी चिकित्सक संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले सेवा बहिस्कारको आन्दोलनलाई अन्तिम बिकल्पको रुपमा रोजेको बताएका छन । उनले अझैपनि सरकारी पक्षले आन्दोलन सुनुवाईमा ध्यान नदिएको बताए । खबर डबलीसँग कुरा गर्दै उनले भने, ‘हामीले सबै विकल्पहरुको खोजी गरिसकेपछि यो आन्दोलनलाई अन्तिम विकल्पको रुपमा रोजेका हौं । आन्दोलन अनिश्चितकालिन हो । सरकारले हाम्रो मागको सुनुवाई गरेन भने हामी तुरुन्तै जागिर छोड्न पनि तयार छौं ।’

डा. पाण्डेले यसअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भनेको कुरा आधिकारिक रुपमा आए आफुहरु सामुहिक रुपमा राजीनामा गर्न समेत तयार भएको बताएका छन् । कर्मचारी समायोजनका क्रममा सरकारले डाक्टरलाई संघ, प्रदेश र स्थानीय तहमा खटाएको छ । तर, प्रदेश र स्थानीय तहको दरबन्दीमा जान डाक्टरहरूले अस्वीकार गरेका हुन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending