Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

चिकित्सक आन्दोलन: अस्पतालभित्र होइन बाहिरै बसेर उपचार गर्छौ

सरकारी चिकित्सकहरूले सरकारी अस्पतालहरूमा आकस्मिक बाहेकका सेवा ठप्प पारिरहेका बेला सरकारले प्रहरी सुरक्षा दिएर अस्पतालहरूमा बहिरङ्गलगायत सेवाका टिकट बिक्री सुरु गराएको अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार कानुनअनुसार अत्यावश्यक सेवामा हडतान ल गर्न नपाइने भएकाले यस्तो गरिएको हो।

स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा हडताल गरिएको भन्ने जनगुनासो र स्वास्थ्य मन्त्रालयको सुरक्षा प्रत्याभूति गराइदिनु भनेकाले हामीले सुरक्षा दिएका हौँ, काठमाण्डूका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले भने।

अधिकारीहरूका अनुसार चिकित्सकहरूलाई काममा फर्कन गरिएको आग्रह उनीहरूले अटेर गरेकाले यस्तो कदम चालिएको हो।

प्रहरी तैनाथ

सङ्घीय संरचना अनुसार गरिएको कर्मचारी समायोजनको विरोध गर्दै गत शुक्रवारदेखि सरकारी दरबन्दीका चिकित्सकहरूले आकस्मिकबाहेक अन्य सेवाहरू बन्द गरेका छन्।

त्यसले गर्दा देशभरि रहेका सरकारी अस्पतालहरूमा पुगेका बिरामीहरूले उपचार पाउन सकिरहेका छैनन्।

राजधानी काठमाण्डूको सबैभन्दा पुरानो तथा ठूलोमध्येको एक वीर अस्पतालमा बिरामीले त्यस्तै दुस्ख पाएको गुनासो गरेकाले त्यहाँ सुरक्षा प्रदान गरिएको प्रजिअ आचार्यले बताए।

हामीले वीर अस्पलालमा टिकट बिक्री र उपचार सुरु गराएका छौँ, उनले भने, कानुनअनुसार स्वास्थ्यजस्तो अत्यावश्यक सेवामा अवरोध गर्न पाइँदैन। त्यस्तो गर्नेलाई कानुनअनुसार कारबाही पनि हुन सक्छ।

उत आन्दोलनरत चिकित्सकहरूले भने सरकारले प्रहरी राखेर जबर्जस्ती टिकट बिक्री गराए पनि उपचार नगर्ने बताएका छन्।

उपचार नगर्ने चिकित्सकको अडान

सरकारी चिकित्सक सङ्घ (गोडान) का अध्यक्ष डा। दीपेन्द्र पाण्डेले भने, सरकारले वार्तामार्फत् समस्या समाधान गर्नुको साटो चिकित्सकमाथि दमन गरेर टिकट बिक्री गराइरहेको छ। त्यसले बिरामीलाई झन् अप्ठ्यारोमा पार्नेछ किनकि हामी कुनै पनि सरकारी कागजपत्रका आधारमा बिरामीको उपचार गर्दैनौँ ।

उनले नागरिकको व्यापक गुनासोलाई दृष्टिगत गर्दै आन्दोलनको स्वरूप परिवर्तन गरेर अस्पतालबाहिर बसेर भने उपचार गर्ने तयारीमा आफूहरू रहेको बताए।

हामी हाम्रो संगठनको कागजातमा उपचार गर्ने तयारीमा छौँ, उनले भने, तर समायोजनलाई नसच्याएसम्म हामी आकस्मिक बाहेकका सेवाको काममा फर्कदैनौँ।

गोडानले मुलुक सङ्घीय व्यवस्थामा गएपछि त्यसको कार्यान्वनय गर्न गरिएको भनिएको समायोजनमा असहमति जनाउदै विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको छ।

चिकित्सकका माग

उनीहरूको असन्तुष्टि बढेपछि गत फागुन १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले माग पूरा गरिदिने प्रतिबद्धता जनाएका थिए।

उक्त प्रतिबद्धतापछि उनीहरूले आन्दोलन स्थगित गरेका थिए।

तर त्यसअनुरूप माग सम्बोधन नगरिएको भन्दै उनीहरू अहिले आन्दोलन गरिरहेका छन्।

चिकित्सकहरूले सरकारले जबर्जस्ती आफूहरूलाई स्थानीय तहमा पठाउन लागेको दाबी गरेका छन्।

उनीहरूले अवैज्ञानिक रूपमा असमान समायोजन गरिएको आरोप लगाएका छन्।

स्थानीय तहमा आफूहरूलाई कनिष्ठ कर्मचारी मातहत राखिएको, अध्ययन तथा वृत्ति विकासमा अवरोध हुने खालका प्रावधानहरू राखिएकाले त्यसलाई सच्याउनु पर्ने उनीहरूको माग छ।

सरकारले भने चिकित्सकहरूलाई खटाएको स्थानमा जान आग्रह गरिरहेको छ।

संसद्‌मा दर्ता भएको सङ्घीय निजामती विधेयकमा उनीहरूको माग समेटिने भन्दै खटाएको स्थानमा नगए चिकित्सकलाई कारबाही गरिने मन्त्रीहरूले सार्वजनिक रूपमा बताउँदै आएका छन्। /बीबीसी

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy