Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

राज्य र पार्टीले जिम्मा दियो भने मैंले संवाद अगाडि बढाउन सक्छु

\"\"राज्यले गैरकानूनी रुपमा गरिएका गतिविधिलाई शक्ति प्रयोग गरेर, राजनीतिक उद्देश्यसहित गरिएका गतिविधिलाई संवाद र वार्ताको प्रक्रिया प्रयोग गरेर शान्ती प्रक्रियामा ल्याउनु पर्दछ । विप्लव समुहका गतिविधिहरु गैरसंवैधानिक छन् । चन्दा उठाउने, आगजनी गर्ने, धम्की दिनेजस्ता गतिविधि प्रति राज्यले आफ्नो प्रक्रिया पुर्याएर नियन्त्रण लिन खोज्नुलाई हामी स्वभाविक मान्छौं । तर, फेरिपनि कमरेड विप्लव अपराधिक व्यक्तित्व नभएर हिजोको आन्दोलनको सहभागी नेता भएको हुँदाखेरी उहाँले उठाएका राजनीतिक मुद्दाहरुलाई सहजीकरण गर्नको निमित्त राज्यले सहज वातावरण बनाउनु पर्दछ । पार्टीलाई पुरै सखाप पार्छू भन्नेभन्दा पनि वार्ता, सहमति र संवादको प्रक्रियामा ल्याएर राजनीतिक उद्देश्यहरु हल गर्न तिर लाग्नु पर्छ । त्यसो गरियो भने, जनताका बीचमा देखिएको अन्यौलता अन्त्य हुन्छ । देश फेरि द्वन्द्वमा जाने होकि भन्ने सन्त्रास स्वभाविक समाप्त हुन्छ । हिजो आन्दोलनमा उठाइएका एजेण्डाहरु आज संस्थागत हुने प्रक्रियामा छन् । गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेशिता लगायतका एजेण्डाहरु विप्लवले पनि उठाउनु भएको हो । यी एजेण्डालाई बचाउनु, हुर्काउनु र राज्यमा स्थापित गराउन अझ पहलकदमी लिनु उहाँको पनि दायित्व हो । त्यसकारणले खाली विद्रोहको मात्रै कुरा गरेर अगाडि बढ्न सकिंदैन् । आफ्ना गतिविधि प्रति उहाँले समिक्षा गर्नुपर्दछ । राज्यले पनि खाली बल प्रयोग गरेर समस्या हल गर्छु भन्नु हुँदैन । गतिविधिहरु गैरसंवैधानिक हुँदासम्म राज्यले नियन्त्रण लिन खोज्नु स्वभाविक हो तर समस्याको हल वार्ता र संवादबाट मात्रै हुने हो । विप्लव नेतृत्वको नेकपा र कमरेड विप्लवलाई मेरो व्यक्तिगत रुपमा र पार्टीको संस्थागत अनुरोध के हो भने, समाजवादी क्रान्ति सम्पन्न गर्न हामी सबै मिलेर अगाडि बढौं । नेपालका सबै वामपन्थी एकै ठाउँमा भएर अगाडि बढ्ने सम्भावना छ । त्यो कोसिसमा आउनको निम्ति पनि अनुरोध गर्दछु । कमरेड विप्लवको भावना, उहाँको स्प्रीट र उहाँले गर्न खोजेको कुरालाई बुझ्ने साथीहरुले वार्ताको जिम्मा लिएर डिल गर्नुभयो भने वातावरणा सहजीकरण हुनसक्छ । विप्लवजीहरुले जिन्दगीभर वार्ता नै गर्दैनौ भन्नुभएको पनि छैन् । अझैपनि राज्यको तर्फबाट वार्ता, सहमति र संवादको घेरालाई फराकिलो बनाएर समस्या हल गर्नुपर्छ । सिके राउतलाई जसरी हामीले सहजीकरण गरेर वार्तामा ल्यायौं । र, एउटा कोर्षमा पुर्यायाैं । उहाँ हिजो जुन ठाउँमा हुनुहुन्थ्यो अहिले फरक कोर्षमा हिड्नुभएको छ । भविष्यको विषय फरक होला । विप्लव कमरेडलाई पनि त्यसरी नै उहाँको एजेण्डा, उहाँको कुराहरु राख्ने अवस्था दिनुपर्छ । जसको लागि राज्यले सहजीकरण गर्न आवश्यक छ । यदि राज्य र पार्टीले जिम्मा दियो भने मैंले संवाद अगाडि बढाउन सक्छु । वातावरणलाई विग्रन दिन हुँदैन । यो हामी सबैको दायित्व हो ।

(पाैडेल नेकपाका स्थायी समिति सदस्य हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies