Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

त्रिभुवन विमानस्थलमा भारतीय एयर मार्शल

काठमाडौं । नेपाल सरकारको अनुमति बिना नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय एयर मार्शल राखिँदै आएको खुलासा भएको छ । नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ मा ‘इनफ्लाइट सेक्युरिटी अफिसर’ राख्न पाउने प्रावधान राखिएपछि इन्डियन एयरलाइन्सले विमानभित्र एयर मार्शल राख्न शुरु गरेको हो ।

नियमावलीअनुसार गृह मन्त्रालयबाट स्वीकृति लिएर मात्र एयर मार्शल राख्न पाइने भएपनि अनुमति बिनै एयरलाइन्सले एयर मार्शल राखेको हो । नागरिक उड्यन प्राधिकरणका हवाई सुरक्षा प्रमुख प्रकाश ढकालले इन्डियन एयरलाइन्सले एयर मार्शल राख्न अनुमति नलिएको स्वीकारे ।

उनले भने, ‘इन्डियन एयरलाइन्स मात्र होइन, कुनै पनि एयरलाइन्सले गृह मन्त्रालयबाट एयर मार्शल राख्ने अनुमति लिएका छैनन्, यदी कसैले अनुमति लिएको भए त्यसको जानकारी हामीलाई आउँथ्यो जुन हालसम्म जानकारीमा आएको छैन ।’

कुनै पनि एयरलाइन्सले इनफ्लाइट सेक्युरिटी अफिसर राख्ने अनुमति माग गर्यो र गृह मन्त्रालयले अनुमति दियो भने त्यसको जानकारी अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको प्राधिकारणलाई जानकारी गराउनुपर्छ । कुनै एयरलाइन्सले त्यसरी अनुमति लिएको जानकारी प्राधिकरणलाई नआएको हवाई सुरक्षा प्रमुख ढकालले स्पष्ट पारे । यसबारे बुझ्दा गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी केही बोल्नै चाहेनन् ।

सन् १९९९ डिसेम्बर २४ मा काठमाडौँबाट इन्डियन एयरलाइन्सको जहाज अपहरणमा परेपछि भारत सरकारले विमानस्थलमा एयर मार्शल राख्न पाउनुपर्ने माग गर्दै आएको थियो । भारतले सुरक्षा प्वाइन्ट नै खडा गरेर भारत जाने यात्रीको छुट्टै जाँच गरी व्यवस्था मिलाउन नेपाल सरकारसँग आग्रह गर्दै आइरहेको थियो ।

विमान अपहरणदेखि लिएर भारतमा हुने आतकंवादी गतिविधिहरु अधिकांश नेपालको बाटोबाट हुने गरेको ठहर भारतको दाबी छ । त्यसका लागि पनि नेपालको विमानस्थलमा भारतीय सुरक्षा जाँच हुनुपर्ने अडान भारतको रहँदै आएको थियो । तर विमानस्थलमै राख्न नपाउने अडानमा नेपाल थियो ।

जानकारहरुका अनुसार अहिले नेपालको तर्फबाट सुरक्षा जाँच भएपछि भारतको विमानस्थलमा जाने यात्रुको दोस्रो सुरक्षा पनि हुने गरेको छ । भारतीय वायुसेवा कम्पनीहरूले नेपालबाट भारत जाने यात्रुलाई अतिरिक्त चेकजाँचपछि मात्र विमानभित्र छिर्न दिने गरेका छन् ।

२०७३ पुसमा दिल्लीमा भएको छलफलमा भारतले एयरमार्शल राख्न पाउनुपर्ने अडान लिएको थियो । तर नेपालले नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ अनुसार प्रकृया पुरा गरेर आएपछि मात्र एयरमार्शल राख्न दिने जवाफ दिएको थियो । त्यही बेलादेखि भारतले गृह मन्त्रालयसँग अनुमति नै नलिइकन आफ्नो इन्डियन एयरलाइन्समा एयरमार्शल राख्दै आएको छ । अहिले पनि विमानस्थलमै एयरमार्शल राख्न अनुमति दिनका लागि भारतले नेपाललाई दबाब दिँदै आएको छ ।

विमानभित्र हतियारधारी दुईजना सादा पोशाकका सुरक्षाकर्मी हुन्छन् । उनीहरुले कसैलाई चेक जाँच नगरेपनि सम्पूर्ण यात्रीमाथि निगरानी राखेका हुन्छन् । उनीहरु विमानस्थलबाट तल झर्दैनन् । यदि रात्रीकालिन बास बस्नु पर्यो भने विमानस्थल भित्रका सुरक्षा निकायमा आफ्नो हतियार राखेर होटलमा बास बस्न जान्छन् । यद्यपि विमानभित्र पनि एयरमार्शल राख्न नपाउने हावाई सुरक्षा प्रमुख ढकाल बताउँछन् । यसका लागि पनि गृह मन्त्रालयबाट अनुमति लिनुपर्छ, त्यस्तो अनुमति लिएको जानकारी नभएको ढकालले बताएको खबर रातोपाटी अनलाइनमा छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies