Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

टेलिकम अत्याधिक नाफामा तर उपभोक्ताबाट चर्को शुल्क अशुल

काठमाडौं । टेलिकम कम्पनीको नाफा अत्याधिक भएको पाइएको छ । नाफा अत्याधिक भएपनि कम्पनीले उपभोक्ताबाट भने चर्को शुल्क अशुल गरेको प्रतिवेदन सार्वजनिक भएको छ । नियमकारी निकायले ध्यान नदिँदा टेलिकमहरुले उपभोक्ताबाट अत्याधिक शुल्क लिएको महालेखा परीक्षकको ५६ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

महालेखाको वार्षिक प्रतिवेदनमा विश्वमा टेलिकम सेवाको मूल्य निरन्तर कमी आए पनि नेपालमा त्यसअनुसार मूल्य समायोजन हुन नसकेको औंल्याइएको छ । महालेखापरीक्षकको प्रतिवेदनले अमेरिका, युरोप, जर्मनी, चीन, मलेसिया, भारत र नेपालका विभिन्न टेलिकम अपरेटरको सञ्चालन नाफाको तुलनात्मक विश्लेषण अध्ययन गरेको देखिन्छ।

अध्ययनमा नेपाली टेलिकम अपरेटरले चर्को सेवा शुल्क लिएर अधिक नाफा आर्जन गरेको तथ्यांक प्रतिवेदनमा प्रस्तुत गरिएको छ। ‘विश्वका विभिन्न मुलुकका दूरसञ्चार सेवा प्रदायकको सञ्चालन नाफाको विश्लेषण गर्दा अन्य देशको सञ्चालन नाफा २४ देखि ३७.८ प्रतिशतसम्म रहेकामा नेपालका सेवा प्रदायकको सञ्चालन नाफा ५८ देखि ६२ प्रतिशतसम्म रहेकाले ती सेवा प्रदायकले प्रदान गर्ने सेवाको मूल्य निर्धारणमा नाफाको अंश अधिक छ ।’ भनी प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनका अनुसार जर्मनीको टेलिकम कम्पनीको नाफा सबैभन्दा कम छ। जर्मनीको टेलिकम कम्पनी २४ प्रतिशतमात्र छ। यस्तै अमेरिकन दुई कम्पनीको सञ्चालन नाफा ३०.०६ र ३४.१७, बेलायतमा कम्पनीको ३१.६०, युरोपमा एउटा कम्पनीको ३१.९० र अर्को कम्पनीको ३३.३३ प्रतिशत रहेको छ। जापानका दुई कम्पनीले क्रमसः ३०.९० र ३१.७० प्रतिशत सञ्चालन नाफा कमाएका छन्।

दुई छिमेकी राष्ट्र चीन र भारतमा टेलिकम कम्पनीको सञ्चालन नाफा क्रमसः ३१.५० र ३६.४० रहेको प्रतिवेदनमा उल्लेख छ। नेपालको निजी टेलिफोन सेवा प्रदायक कम्पनीको नाफा ६२.४० प्रतिशत छ। यसमा नेपाल टेलिकम (प्रतिवेदनमा कम्पनीको नाम भने उल्लेख गरिएको छैन) को नाफा ५८ प्रतिशत तथा एनसेलको नाफा ६२.४० प्रतिशत वित्तीय विवरणअनुसार उल्लेख छ ।

यो प्रतिशतमा कम्पनीले सञ्चालन नाफा आर्जन गर्दा सर्वसाधारणले महँगो मूल्यमा सेवा लिनुपर्दा उपभोक्ताको हित संरक्षण हुन नसकेको स्पष्ट पारेको छ। उपभोक्तामा महँगोमा परेको भन्दै अत्यधिक अन्तर हुनको औचित्यका सम्बन्धमा निमयनकारी निकायले विश्लेषण गर्न नसकेको ठहर महालेखाले गरेको छ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies