Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

यी पूर्वप्रधानन्यायाधीश जसले सरकारी गाडीलाई आफ्नो बनाएर चलाए

काठमाडौं । सर्वोच्च अदालतका १४ पूर्वप्रधानन्यायाधीशले नियमविपरीत सरकारी गाडी सुविधा प्रयोग गर्दै आएको पाइएको छ । उनीहरुले सरकारी गाडीमा निजी नम्बर प्लेट नै राखेर प्रयोग समेत गरेका छन् ।

सरकारी सेवामा रहँदै गर्दा सुविधाको लागि सरकारले उपलब्ध गराएको गाडी सेवानिवृत्त पछि पनि प्रयोग गरेको पाइएको हो । सेवानिवृत्त भएको सात दिनभित्र सुविधा फिर्ता गर्नुपर्ने प्रावधान हुँदाहुँदै उनीहरुले कानून विपरित सुविधा लिएका हुन् । आफैं कानून कार्यान्वयको जिम्मेवारीमा बसेका न्यायाधीशहरूले गरेको गैरजिम्मेवारी पनाले कानूनी शासनको धज्जी उडाएको छ ।

\"\"/

न्यायाधीशहरुको पारिश्रमिक, सेवा, सर्त र सुविधासम्बन्धी ऐन, २०७४ को दफा ७ को उपदफा ५ मा प्रधानन्यायाधीश तथा न्यायाधीशले प्रयोग गरेको सवारीसाधन कार्यकाल सकिएको सात दिनभित्र फिर्ता गर्नुपर्ने व्यवस्था छ । ऐनको दफा ७ को उपदफा ६ मा भने अवकाशप्राप्त प्रधानन्यायाधीश/न्यायाधीशले आफैँ राख्न चाहे सवारीसाधनको किताबी मूल्य बुझाएर प्राप्त गर्न सक्ने व्यवस्था छ । तर, १४ पूर्वप्रधानन्यायाधीशले ऐनविपरीत गाडी लिएका छन् ।

यी हुन् १४ पूर्वप्रधानन्यायाधीश जसले सरकारी गाडी आफ्नो बनाए

  • कल्याण श्रेष्ठ : टोयोटा ल्यान्डक्रुजर बा.१ झ ६३८३ नम्बरको सरकारी गाडीमा बा. १३ च ६२३१ नम्बरको रातो प्लेट राखेर चलाउँदै ।
  • रामकुमारप्रसाद साह : टाटा स्ट्रोम्स भिएक्स बा.२ झ ६५६ नम्बरको सरकारी गाडीमा बा. ११ च ४०८४ नम्बरको रातो प्लेट राखेर चलाउँदै ।
  • खिलराज रेग्मी : महिन्द्रा स्कारपियो बा.२ झ ११३ नम्बरको गाडीमा बा. १२ च ६८५३ नम्बरको रातो प्लेट राखेर चलाउँदै ।
  • दामोदरप्रसाद शर्मा : सेभोर्ले क्याप्टिभा बा.१ झ ९८७७ नम्बरको सरकारी गाडीमा बा. १० च ८४३३ नम्बरको रातो प्लेट राखेर चलाउँदै ।
  • मीनबहादुर रायमाझी : फोर्ड बा.१ झ ९४८४ नम्बरको सरकारी गाडीमा बा.९ च ४९१२ नम्बरको रातो प्लेट राखेर चलाउँदै ।
  • दिलीपकुमार पौडेल : फोर्ड बा.१ झ९४९१ नम्बरको सरकारी गाडीमा बा.९ च ४९२० नम्बरको रातो प्लेट राखेर चलाउँदै ।
  • हरिप्रसाद शर्मा : फोर्ड बा.१ झ ९५०३ नम्बरकोसरकारी गाडीमा बा.९ च ४१३१नम्बरको रातो प्लेट राखेर चलाउँदै ।
  • केशवप्रसाद उपाध्याय : फोर्ड बा.१ झ ९४९६ नम्बरको सरकारी गाडीमा बा. ९च ४९२५ नम्बरको रातो प्लेट राखेरचलाउँदै ।
  • मोहनप्रसाद शर्मा : फोर्ड बा.१ झ ९४८५ नम्बरको सरकारी गाडीमा बा.९ च ४९१३ नम्बरको रातो प्लेट राखेरचलाउँदै ।
  • ओमभक्त श्रेष्ठ : फोर्ड बा.१ झ ९४९३ नम्बरको सरकारी गाडीमा बा. ९ च ४९२२ नम्बरको रातो प्लेट राखेर चलाउँदै ।
  • सुरेन्द्रप्रसाद सिंह : फोर्ड बा.१ झ ९४९२ नम्बरको सरकारी गाडीमा बा. ९ च ४९२१ नम्बरकोरातो प्लेट राखेर चलाउँदै ।

कानून विपरित सरकारी गाडीलाई आफ्नो बनाएर चलाउने सबैजसो पूर्वन्यायाधिशले चालक समेत सरकारी नै राखेको पाईएको छ । सरकारी तलबमा सरकारी गाडी चलाउने ती चालकलाई प्रयोग गरेको खुलेको हो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy