Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

विदेशबाट फर्किएकाको अब निःशुल्क सीप परीक्षण

काठमाडौं । सरकारले मंगलबारदेखि वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप परीक्षण गर्ने भएको छ । यसअघि आवेदन दिइसकेका कामदारको भोलि मंगलबारदेखि बैशाख ७ गतेसम्म निःशुल्क सीप परीक्षण गर्ने तालिका तय भएको हो ।

सरकारले गत ०७५ मंसिरमा नै सीप परीक्षणका लागि इच्छुक कामदारसँग आवेदन मागेको थियो । जसमा झण्डै ५ सय कामदारले आवेदन दिएका थिए । विदेशमा विभिन्न काम गरी सीप आर्जन गरेर फर्किएकाहरुको सीप परीक्षण गरेर स्वदेशमा प्रमाणपत्र दिन लागिएको वैदेशिक रोजगार व्यवस्थापन बोर्डले जनाएको छ ।

यो परीक्षण पास भएर प्रमाणपत्र पाएपछि कामदारले स्वदेशमा रोजगारी पाउन सहज हुने र विदेश नै गएपनि राम्रो कमाइ गर्न सक्ने बोर्ड अपेक्षा छ । बोर्डले राष्ट्रिय सिप विकास समितिमार्फत निःशुल्क यो परीक्षण गराएको थियो । चैत २० गते प्रदेश नम्बर १ मा इटहरी, प्रदेश नम्बर २ मा चैत २२ गते महोत्तरीको बर्दिवास, चैत २२ मै प्रदेश नम्बर ३ मा चितवन, कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलालीको धनगढी र चैत २६ गते भक्तपुरको सानोठिमीमासीप परीक्षण गर्ने कामदारलाई सहजीकरणका लागि अभिमुखीकरण आयोजना गरिएको थियो ।

कामदारले प्रयोगात्मक परीक्षा दिएर सीप परीक्षा पास गर्नुपर्छ । यस्तो सीपको प्रमाणपत्र लिएकालाई देशभित्रै आत्मनिर्भर बन्ने गरी स्वरोजगर बन्न सहयोग पुग्ने विश्वास गरिएको छ । यो पटक २० वटा विषयमा सीपको परीक्षण गर्ने तयारी छ । स्क्रापफोल्डर, बिल्डिङ असिस्टेन्ट, वेटर, इलेक्ट्रिसियन, बिल्डिङ पेन्टर, हाउसकिपिङ क्लिनर, रेप्रिजेनेटर एन्ड एअर कन्डिसन जुनियर मेकानिक्स र आल्मुनियम फेब्रिकेटर, सटरिङ कार्पेन्ट्रीमा काम गरेकाहरुको सीप परीक्षण हुनेछ ।

यस्तै टेलरिङ, फर्निचर मेकर, असिस्टेन्ट ब्युटिसियन, स्ट्रक्चरल फेब्रिकेटर, सेक्युरिटी गार्ड, इन्डेस्ट्रियल इलेक्ट्रिसियन, केयर गिभर, आर्क वेल्डर, एक्साभेटर अपरेटर, जुनियर प्लम्बर, स्टोन लेयर मेसन सीप परीक्षण प्रमाणीरकण गरिनेछ । औपचारिक शिक्षा नलिएकालाई पनि सीप परीक्षणमा पास भए लेभल(१ को कामदार सरह प्रमाणपत्र दिइनेछ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies