काठमाडौं । २०७३ सालको साउनसम्म तिब्र गतिमा उकालो लागेको शेयर बजार सोही गतिमा ओरालो झर्दा लगानीकर्ताको ५ खर्ब रुपैंया स्वाहा भएको छ। २०७१ चैतदेखि २०७३ साउनसम्म बजार उकालो लाग्दा अधिक मात्रामा बढेको सम्पत्ति त्यस पछिका दिनमा निरन्तर घटेको छ। २०७५ सालमा मात्र शेयर बजारमा लगानीकर्ताले ३५ अर्बभन्दा बढी सम्पत्ति गुमाएका छन् ।
२०७१ सालको चैत मसान्तमा बजार परिसुचक नेप्से ९४८ अंकमा रहँदा समग्र बजार पूँजीकरण ९ खर्ब ७३ अर्ब रुपैंया थियो । त्यस पछि क्रमिक रुपमा बजार बढ्दै जाँदा २०७२ को चैत मसान्तमा नेप्से परिसुचक १३८८.६३ अंकमा उक्लियो । यो अवधिमा लगानीकर्ताको सम्पत्ति ५ खर्ब २४ अर्ब रुपैंयाले बढेर १४ खर्ब ९७ अर्ब रुपैंया कायम हुन पुग्यो ।
यो एक वर्षको अवधिमा विभिन्न कम्पनीहरुले निष्काशन गरेको प्राथमिक शेयरले बजार पूँजीकरणको आकार बढ्न मद्धत गर्यो । र यो क्रम निरन्तर बढ्दै गयो । २०७३ को चैत मसान्तमा पुग्दा शेयर बजार परिसुचक नेप्से इतिहास रचेर ओरालो यात्रामा थियो । उक्त समयमा सूचक १६९७.१३ विन्दुमा पुगेको थियो । यस बेला घट्ने क्रममा रहँदा पनि २०७२ चैतको तुलनामा लगानीकर्ताको सम्पत्ति ४ खर्ब ५४ अर्ब रुपैंयाले बढेर १९ खर्ब ५१ ऋर्ब रुपैंया कायम भएको थियो ।
२०७३ सालमा विभिन्न कम्पनीले थप नयाँ शेयर अर्थात एफपिओ तथा प्राथमिक शेयर अधिक मात्रामा निष्काशन गरे । जसले समग्र बजार पूँजीकरणलाई बढाउन थप मद्धत गर्यो । यो वर्षको चैतदेखि प्रष्ट देखिने गरी बजार सूचकसँगै बजार पूँजीकरण पनि ओरालो लाग्न थाल्यो । २०७४ को चैत मसान्तसम्ममा आईपुग्दा बजार सूचक नेप्से १२७७.५५ अंकमा ओर्लियो भने समग्र बजार पूँजीकरण पनि १४ खर्ब ९८ अर्ब रुपैंयामा ओर्लिन पुग्यो ।
यो वर्ष पनि धेरै कम्पनीहरुले एफपिओ तथा आईपिओ निष्काशन गरेका थिए । यसले बजार पूँजीकरणलाई धेरै तल झर्नबाट रोक्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यति हुँदा हुँदै पनि यो एक वर्षको अवधिमा लगानीकर्ताले बजारबाट ४ खर्ब ५३ अर्ब रुपैंया गुमाउन पुगे । सम्भवत एकै वर्षमा लगानीकर्ताले शेयर बजारमा सबैभन्दा धेरै सम्पत्ति गुमाएको वर्ष पनि यही वर्ष नै हो ।
२०७५ सालमा शेयर बजारमा ९३.५३ अंकको गिरावट आयो । योसँगै समग्र बजार पूँजीकरण पनि केही मात्रामा घटेको छ । २०७४ को चैत मसान्तको तुलनामा २०७५ चैत मसान्तमा बजार पूँजीकरणमा ३५ अर्ब रुपैंयाको ह्रास आएको देखिन्छ । यो वर्ष पनि धेरै कम्पनीहरुले साधारण शेयर निष्काशन गरेका छन् । अझ ठुलो चुक्ता पूँजी भएका माथिल्लो तामाकोशी, शिवम सिमेन्ट लगायत कम्पनीको शेयर दोस्रो बजारमा सूचीकरण हुँदा त्यसले पूँजीकरणको आकार फराकिलो अन्तरले घट्नबाट रोकेको आजको मेरो लगानीमा खबर छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: