Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

यी डाक्टर, जसले एक वर्षलाई ६ सय ६४ दिन बनाएर भत्ता खाए, अनि पुरस्कार पनि

काठमाडौं । नयाँ वर्षको दिन राष्ट्रका लागि महत्वपूर्ण योगदान गरेको भन्दै विभिन्न व्यक्तिहरुले मानपदवी तथा सम्मान पाए । तीमध्ये एक यस्ता डाक्टर समेत परेका छन् जसले एक वर्षलाई ६ सय ६४ दिन बनाएर भत्ता खाए अनि राष्ट्रपतिबाट सम्मानित पनि भए ।

राष्ट्रका लागि महत्वपूर्ण योगदान गरेको भन्दै सम्मानित हुने ती डा. फणीन्द्रप्रसाद बराल हुन् । जो धनकुटा जिल्ला अस्पतालमा रहँदा ६ सय ६४ दिनको एक वर्ष बनाएर भ्रमण भत्ता लिएका छन् । महालेखा परीक्षकको प्रतिवेदनमा ती डाक्टरले जिल्ला स्वास्थ्य कार्यालय धनकुटा र अस्पतालमा कार्यरत रहँदा भ्रमण भत्ताको फर्जि कागज मिलाउने क्रममा वर्षलाई बिर्सिएर ६ सय ६४ दिन बनाएका हुन् ।

बराललाई धनकुटा जिल्ला अस्पतालमा कार्यरत रहँदा पुर्‍याएको योगदानको कदर गर्दै राष्ट्रपतिबाट प्रवल जनसेवा श्री चतुर्थ श्रेणीको पदकसहित सम्मान गरिएको छ । डा बराल धनकुटामा २०७४ असोज २० देखि ०७५ असार मसान्तसम्म कार्यरत थिए। उक्त २ सय ८४ दिनको अवधिमा ४२ दिन सार्वजनिक बिदा परेको थियो। सो अवधिमा डा बराल ८४ दिन कार्यालयमा हाजिर भएका थिए। तर, उनले जिल्लामा कार्यरत रहेको अवधिमा ३ सय ६४ दिन काठमाडौं, विराटनगर र धनकुटाका विभिन्न स्थानमा भ्रमण गरेको भन्दै भत्ता लिएका छन्।

हाजिर भएको, सार्वजनिक बिदा, दसैं तिहारको बिदा जस्ता कुराले पनि २ सय दिनको भ्रमण पाउन असम्भव हुन्छ। तर, उनले यो अवधिमा ३ सय ६४ दिनको भ्रमण भन्दै ६ लाख ९३ हजार ३ सय ३० रुपैयाँ भत्ता लिएका छन्।

उनले लिएको भत्ताका आधारमा हिसाब गर्दा उनले एक वर्षलाई ६ सय ६४ दिन बनाएको देखिन्छ। भत्ताको हिसाब मिलाउन डा बरालले एकै दिन तीन वटा छुट्टाछुट्टै बिलमा भ्रमण भत्ता लिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

डा बरालको बदमासी यतिमात्र सीमित छैन। उनले काठमाडौं र विराटनगरमा रहेको भन्दै भ्रमण भत्ता लिएकै दिन धनकुटा अस्पतालमा बिरामीको अल्ट्रासाउन्ड गरेको भन्दै भत्ता समेत लिएको देखिन्छ।

काठमाडौं र विराटनगरमा भ्रमण भत्ता लिएको समयमा उनले १ हजार ८ सय ६२ वटा अल्ट्रासाउन्ड गरेको भन्दै ४ लाख ६५ हजार ५ सय भत्ता समेत लिएका छन्। यति मात्र होइन, उनले अस्पतालमा विभिन्न सेवा गरेको भन्दै अल्ट्रासाउन्डको भत्ता सहित यो अवधिमा ९ लाख ४६ हजार ४ सय ९६ रुपैयाँ प्रोत्साहन भत्ता लिएको देखिन्छ।

देशका लागि महत्वपूर्ण योगदान दिएको भन्दै राष्ट्रपतिबाट पदक पाएका डा बरालले नियमविपरीत ९ महिनाको अवधिमा १५ लाख ५५ हजार ८ सय २६ रुपैयाँ भत्ता लिएकाे समाचार हामीले नेपाल लाइभबाट साभार गरेका छाै‌ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy