Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

समुद्रमा २२० किलोमिटर पर कुकुर भेटिएपछि...

थाईल्यान्डमा समुद्री तटभन्दा २२० किलोमिटर पर समुद्रमा एउटा कुकुर भेटिएपछि तेल खानीका कामदारहरूले उसको उद्धार गरेका छन्। गत शुक्रवार कुकुरलाई समुद्रमा देखेपछि ती कामदारहरूले उसलाई बोलाए। मानिसको आवाज सुनेर ऊ पौडिँदै उनीहरू भएको रिगतिर गएको थियो। सो कुकुर कसरी त्यति पर समुद्रमा पुग्यो भन्ने स्पष्ट छैन। केही समाचार सामग्रीका अनुसार ऊ माछा मार्ने डुङ्गाबाट पानीमा खसेको हुन सक्छ।

\"\"

ती कामदारहरूले सो कुकुरको नाम बून्रड राखिदिएका छन्। थाई भाषामा सो शब्दको अर्थ \'जोगाइएको\' वा \'उद्धार गरिएको\' हुन्छ। उद्धार गरिँदा बुन्रड निकै थकित रहेको बताइन्छ। उसलाई स्वच्छ पानी र खानेकुरा दिइएको थियो। उसको उमेर तीनदेखि पाँच वर्ष भएको अनुमान गरिएको छ।

\"\"

उसलाई रिगमा राखेर कामदारहरूले समुद्री तटतिर फर्किँदै गरेको एउटा ट्याङ्करलाई सहयोगका लागि रेडियो सन्देश पठाएका थिए। कामदारहरूले उसको शरीरबाट समुद्रको पानीमा भिज्दा जम्मा भएको नुन पखाल्न उसलाई नुहाइदिएका थिए। त्यसपछि ऊ सुतेको थियो।

\"\"

शुक्रवार दिउँसो समुद्र शान्त र मौसम सफा भएकाले सो कुकुरलाई देख्न र उद्धार गर्न सकिएको कामदारहरूले बताए। आइतवार क्रेनको सहायताले बून्रडलाई रिगबाट तेल ओसार्ने जहाजमा सारिएको थियो। त्यसपछि उसलाई दक्षिण थाईल्यान्डस्थित एक पशुचिकित्सक भएको ठाउँमा लगियो। जहाजबाट ओरालेर चिकित्सककहाँ पुर्‍याइँदा ऊ खुसी देखिएको बताइएको छ। बिबिसिबाट

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending