काठमाडौं, ४ बैशाख। सार्वजनिक कार्यक्रमहरूमा नेताका लर्काे मञ्चमा देख्दा दर्शक दीर्घामा रहेका दर्शक नै अतालिने अवस्था अाउन थालेकाे छ । अझ देश संघीयतामा गएपछि अाशन ग्रहण गर्ने अतिथिहरूकाे संख्या त झन् बढेर गएकाे छ । साेही कुरालार्इ ख्याल गरी नेपाली कांग्रेसले ब्याच लगाउन प्रतिबन्ध लगाएको छ। केन्द्रदेखि टोलसम्म पार्टीले आयोजना गर्ने कार्यक्रममा ब्याच लगाउन प्रतिबन्ध लगाएको हो। आसन ग्रहण र भाषणलाई पनि छरितो बनाएर कांग्रेसले केन्द्रबाटै कार्यक्रमको डिजाइन पठाएको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वैशाख ११ गतेदेखि हुने राष्ट्रिय जनजागरण अभियानबाट ब्याच प्रतिबन्ध, आसनग्रहण र भाषणलाई छरितो बनाउने काम व्यवहारमा लागू हुने जानकारी दिए।
‘जिल्ला, नगर, गाउँ, टोल र वडा सबैलाई सहज होस् भनेर केन्द्रबाटै कार्यक्रमको फरम्याट बनाइएको छ,’ प्रवक्ता शर्माले भने, ‘असीमित संख्याको आसनग्रहणलाई राष्ट्रिय जनजागरण अभियानबाटै अन्त्य गछौंं।’ कांग्रेसले कार्यक्रममा दुई जनालाई मात्रै आसन ग्रहण गराउने भएको छ।
प्रवक्ता शर्माका अनुसार कार्यक्रमका सभापति र प्रमुख वक्ता (प्रमुख अतिथि) र सामूहिक आसनग्रहण गराइनेछ। कार्यक्रम उद्घाटन कसरी गर्ने भन्नेबारे पनि कांग्रेसले फरम्याट बनाएको छ। वरपिपल, समी वा यस्तै बिरुवामा पानी राखेर कार्यक्रम उद्घाटन गर्ने वा दीप प्रज्वलन गर्ने शर्माले बताए।‘उद्घाटन गर्दा प्रयोग गरिएको बिरुवालाई सुरक्षित ठाउँमा सार्ने जसले जनजागरण अभियानको स्मृति देशव्यापी गराइरहनेछ,’ शर्माले भने।
जसअनुसार आसनग्रहण, शहीदको सम्झनामा मौनधारण, राष्ट्रियगान, कांग्रेसका स्व.संस्थापक नेताहरूको फोटोमा माल्यार्पण, कार्यक्रम उद्घाटन, मन्तव्य, पार्टी सदस्यता वितरण र समापन छ। कार्यक्रममा बढीमा चार जनाले बोल्नेछन्। उद्घाटन समारोहमा स्वागत, विषय प्रवेश, प्रमुख वक्ता र सभापतिले।
कार्यक्रमका लागि देशैभर एकै प्रकृतिको ब्यानर केन्द्रकै डिजाइनअनुसार राखिने शर्माले बताए।‘ब्याच वितरण कार्यक्रमलाई पार्टीले जनजागरण अभियानसँगै अन्त्य गर्छ,’ उनले भने। कांग्रेसले संगठन सुदृढीकरण र भ्रष्टाचार अन्त्यका लागि २०७६ सालभरि केन्द्रदेखि गाउँसम्म कार्यक्रम गर्ने यसअघि नै घोषणा गरिसकेको छ।
वैशाख ११ गतेदेखि पुस १६ गतेसम्म जनजागरण अभियान अन्तर्गत केन्द्रीय नेताहरू गाउँ बस्नेछन्। नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल ट्रेड युनियनलगायत भातृ संस्थालाई व्यापक परिचालन गरी संगठन सुदृढीकरण गर्ने कांग्रेसले जनाएको छ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: