काठमाडौं। तारकेश्वर नगरपालिका-१ साङलाछापमा विद्युतको पोल सार्ने क्रममा पोल ढल्दा एक जनाको मृत्यु भएको छ । पोल ढल्दा करेन्ट लागेर गम्भीर घाइते भएका काठमाडौं बौद्ध बस्ने २१ वर्षीय शिशिर अधिकारीको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-११ ईनरुवा बस्ने ६० वर्षीय बिश्वनाथ यादवको करेन्ट लागेर मृत्यु भएको छ । आफनै घरको बिद्युतको मिटरमा तार जोडने क्रममा करेन्ट लाग्दा शुक्रबार बिहान उनको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि सगरमाथा अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै निलकण्ठ नगरपालिका-८ ससाह चौतारास्थित कालुपाण्डे राजमार्गमा बसको ठक्करबाट ज्ञान बहादुर दाहालको मृत्यु भएको छ । धादिङवेशीबाट गजुरीतर्फ जादै गरेको बा. ४ ख ८६६७ नम्बरको बसले शुक्रबार बिहान सोही ठाउँ बस्ने ५० बर्षीय दाहाललाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका-११ स्थित फावा खोलामा २१ वर्षीय अजय बोखिम मृत फेला परेका छन् । सिरिजंगा गाउँपालिका-३ कुन्जरी बस्ने २१ वर्षीय बोखिम शुक्रबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहीबार दिउसो माछा मार्न भनि घरबाट हिँडेका उनी घर फर्कि नआएपश्चात खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: