Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

हिरासतमा रहेका १५ वर्षीय किशोरको रहस्यमय मृत्यु

काठमाडौं । अनारमनी इलाका प्रहरी कार्यालयमा १५ वर्षीय किशोरकोमृत्यु रहस्यमय भएपछि छानबिन समिति गठन गरिएको छ ।

छानबिनका लागि झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको संयोजक तीन सदस्यीय सो समिति गठन गरिएको हो ।

प्रहरी निरीक्षक कमल अधिकारी र प्रहरी सहायक निरीरक्षक नवराज थापा सदस्य रहेका सो समितिले एक साताभित्र छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्ने उक्त कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

मोबाइल चोरीको आरोपमा पक्राउ परेका मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीढोलीको यही वैशाख २ गते राति हिरासतमा रहस्यमय तरिकाले निधन भएको थियो ।

प्रहरीले एक भारतीय नागरिकले झुण्डिएर आत्महत्या गरेको भन्दै घटना ढाकछोप गर्न खोजे पनि उनी नेपाली नागरिक भएको व्यहोरा सार्वजनिक भएको थियो ।

प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले हिरासतमा रहेको बाथरुममा झुण्डिएको अवस्थामा उनको शव फेला परेको जानकारी दिएपनि उनका आफन्तले हत्या नै गरिएको आरोप लगाउँदै छानबिन हुनुपर्ने माग गरेकाले सो समिति गठन भएको हो ।

‘शुरुमा भारतीय नागरिक हो भन्ने सूचना आएको थियो आफन्त नभेटेपछि बेवारिसे मुचुल्का बनाएर शव परीक्षणका लागि मेची अञ्चल अस्पताल ल्याइएको थियो,’ उपरीक्षक श्रेष्ठले भने, ‘पछि उनको घर काँकडभिट्टा भएको पत्ता लागेपछि शव आफन्तलाई बुझाइएको हो ।’

बाथरुमको धाराको टुटीमा किशोरले लगाइरहेको कपडाको पासो बनाएर आत्महत्या गरेको प्रहरीले जनाएको थियो । कार्कीढोली मोबाइल चोरीको अभियोगमा गत चैत २९ गते बेलुका बिर्तामोडबाट पक्राउ परेका थिए ।

मृतक किशोरका बुबा रमेशले आफूलाई घटनाको विषयमा वैशाख २ गते बिहान १० बजे मात्रै थाहा भएको र त्यति बेलासम्ममा छोराको शवलाई मेची अञ्चल अस्पताल पु¥याएर परीक्षण गरिसकेको बताउ ।

कक्षा ५ मा अध्ययनरत कार्कीढोलीको मृत्युपछि प्रहरीले बनाएकोे स्थलगत मुचुल्कामा उमेर १९ वर्ष पुगेको उल्लेख गरे पनि रमेशले आफ्नो छोरा १५ वर्षमात्र पुगेको बताए ।

किशोरलाई पक्राउ गरेपछि अरु वयस्कसँगै हिरासतमा राख्न नमिल्ने कानूनी व्यवस्था रहेको मानवअधिकारकर्मी विष्णु खरेलले बताए ।

उनले भने, ‘हामीले पनि सो घटना ढिलोगरी थाहा पायौं हामीलाई पनि प्रहरीले बालकको उमेर १९ वर्ष भनेको थियो तर उनी १५ वर्षका भएकाले हिरासतमा राख्न मिल्दैनथ्यो ।’

पक्राउ परेका बालकलाई प्रहरीले अदालतबाट म्याद थपसमेत नगरेको पाइएको छ । पक्राउपछि २४ घण्टाभित्रमा अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने कानूनी व्यवस्था छ, अधिकारकर्मी खरेलले भने, ‘प्रहरीले यो घटनामा एकपछि अर्को गल्ती गरेको देखिन्छ ।’

यसैबीच हिरासतमा किशोरको मृत्यु भएको घटनाप्रति मानव अधिकारकर्मीले शुक्रबार विज्ञप्ति जारी गर्दै १८ वर्षमुनिका किशोर–किशोरीलाई हिरासतमा राख्न नपाइने र आत्महत्या गर्ने अवस्थामा पु¥याइनु प्रहरीको लापर्बाही भएकाले सोे घटना छानबिन गर्न माग गरेका थिए ।

संयुक्त विज्ञप्तिमा उक्त घटनाको सत्यतथ्य उजागर गर्न, दोषीलाई कारवाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनाका साथै अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास खड्कालाई तत्काल निलम्बन गर्न र घटनामा दोषी ठहरिए कारवाही गर्न पनि माग गरिएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending