Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

स्वास्थ्य संस्था अनुगमन आइतबारदेखि

काठमाडौं । मलेसिया रोजगारीका लागि इच्छुक स्वास्थ्य संस्थाको आइतबारदेखि अनुगमन हुने भएको छ। दुई सय ९० स्वास्थ्य संस्था इच्छुक देखिए पनि अनुगमन तथा निरीक्षणपश्चात मापदण्ड पुगेका स्वास्थ्य संस्थामात्रै छनोट हुनेछन्।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खाब्र छ - मलेसियाले पठाएको मापदण्डका आधारमा नयाँ स्वास्थ्य संस्था छनोट गर्न लागिएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चार टोली बनाएर इच्छुक स्वास्थ्य संस्था छनोट गर्नेछ। मन्त्रालयको विशेष टोलीले चारवटा समूह बनाएर अनुगमन गर्न लागेको जनाएको छ।

उपत्यकाका साथै बाहिरका केही ठूला अस्पताल तथा मेडिकल कलेजसमेत मलेसियाको स्वास्थ्य परीक्षण गर्न इच्छुक देखिएका छन्। मन्त्रालयको विशेषज्ञ समितिको सचिवालयले सूचना जारी गरी प्राविधिक टोलीलाई आवश्यक विवरण दिएर सहयोग गर्न आह्वान गरेको छ।

स्वास्थ्य संस्था निरीक्षणका लागि तीनवटा टोली उपत्यकाबाहिर खटिने भएको छ। एक टोलीले उपत्यकाभित्रका स्वास्थ्य संस्थाको निरीक्षण गर्नेछ। मन्त्रालयले मलेसियामा मात्र नभई विदेश जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाको निरीक्षण गर्नेछ। टोलीमा तीन जना स्वास्थ्य प्राविधिक र एक जना मन्त्रालयका अधिकृत रहनेछन्। मन्त्रालयले नयाँ संस्थाको विशेष अनुगमन गर्ने भएको हो।

मन्त्रालयले मलेसिया स्वस्थ्य परीक्षणका लागि मापदण्डसहित आवेदन दिन चैत २३ गते सम्पूर्ण स्वास्थ्य संस्थासँग आवेदन मागेको थियो। मन्त्रालयका अनुसार पहिले सुचीकृत भएका दुई सय २६ वटा र थप एक सय २६ वटा स्वास्थ्य संस्थाले समेत मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्न रुची देखाएका छन्। श्रम मन्त्रालयका अनुसार विभिन्न देशमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने तीन सय ५२ स्वास्थ्य संस्था इच्छुक देखिएका छन्। तर, मलेसिया रोजगारीका लागि दुई ९० वटा स्वास्थ्य संस्था इच्छुक छन्।

यसअघि मलेसियामा ३७ वटा स्वास्थ्य संस्थाले मात्रै स्वास्थ्य परीक्षण गर्दै आएका थिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारबाही गरेपछि जेठदेखि मलेसिया रोजगार बन्द छ। कात्तिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम सम्झौता भए पनि प्रक्रियाका सम्बन्धमा अस्पष्टता कायमै रहेकाले रोजगारी खुल्न सकेको छैन।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE