Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

बैंक तथा वित्तीय संस्थाका शाखा आठ हजार नाघ्यो

काठमाडौँ। मुलुकको समृद्धिका लागि नागरिकलाई वित्तीय पहुँचमा पु¥याइ आर्थिक गतिविधिमा संलग्न गराउने सरकारी लक्ष्यअनुसार अहिलेसम्म ७२४ स्थानीय तहमा आठ हजार बढी बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार भएको छ ।

वित्तीय संस्था एकापसमा गाभिई संस्थागत सबलीकरण र सङ्ख्यात्मक व्यवस्थापनमा जोड दिँदै सर्वसाधारणलाई आर्थिक गतिविधिमा संलग्न गराउने उद्देश्यअनुरुप चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको शाखा आठ हजार २०५ पुगेकोे नेपाल राष्ट्र बैंकले जनाएको छ । गएको असारसम्ममा छ हजार ६५१ रहेकामा पुस मसान्तसम्म बढेर सात हजार ५९१ पुगेको थियो ।

औसत प्रतिशाखाले सेवा प्रदान गर्नसक्ने जनसङ्ख्या तीन हजार ५६० रहेको जानकारी दिँदै बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप खाताको सङ्ख्या दुई करोड ५७ लाख नाघेको बताए ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ९ दशमलव ७ प्रतिशत रहेको छ । निजी क्षेत्रतर्फको कर्जा १४ दशमलव ६ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर २१ प्रतिशत र कर्जाको वृद्धिदर २२ दशमलव ६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । सरकारले हालै मात्र खोलौँ बैंक खाताअन्तर्गत ‘समृद्धिसँग जोडौँ नाताः सबै नेपालीको बैँक खाता’, अभियानसमेत सञ्चालन गरेको छ ।

गभर्नर डा नेपालका अनुसार गत फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप रु तीन हजार ९ अर्ब र कर्जा लगानी रु दुई हजार ७४९ अर्ब पुगेको छ । चालू आर्थिक वर्षदेखि नै ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले आफ्नो वित्तीय विवरण नेपाल फाइनान्सियल रिपोर्टिङ मापदण्ड ९एनएफआरएस० बमोजिम तयार गर्नुपर्ने नीतिगत व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय ‘घ’ वर्गका संस्थाका लागि जोखिम व्यवस्थापन मार्गदर्शन, २०७५ लागू गरिएको, इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बंैक तथा वित्तीय संस्थाका लागि आर्थिक वर्ष २०७६÷७७ को शुरुदेखि लागू हुने गरी युनिफम चार्ट अफ एकाउन्ट जारी गरिएको छ ।

विद्युतीय माध्यमबाट बैंकिङ क्षेत्रमा हुनसक्ने साइबर अपराध न्यूनीकरण गर्दै साइबर सुरक्षालाई प्रवद्र्धन गर्न वाणिज्य बैंकले अनिवार्य रूपमा आर्थिक सूचना प्रविधि प्रणालीको लेखा परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

वाणिज्य बैंकहरूले प्रत्येक आर्थिक वर्षको लागि निक्षेप, दायित्व तथा कर्जा सापटसहितको वार्षिक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई साउन मसान्तभित्रमा सुपरीवेक्षण विभागसमक्ष अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै देशमा सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने सन्दर्भमा सम्बन्धित कार्यको नियमन, सुपरीवेक्षण र निगरानी गर्ने उद्देश्यले तयार गरिएको ‘भुक्तानी तथा फछ्र्यौट ऐन, २०७४’ संसद्बाट पारित भई लागू भएको छ ।

तोकिएका उद्योग तथा परियोजनामा विदेशी लगानीकर्ताले भित्र्याएको परिवत्र्य विदेशी मुद्राको रकम नेपालका वाणिज्य बैंकहरूमा निक्षेप राखी धितोमा नेपाली मुद्रा कर्जा लिनसक्ने व्यवस्था गरिएको गभर्नर डा नेपालले बताए ।

शेयर बजार तथा शोधनान्तर घाटाका बीच अर्थतन्त्रका सकारात्मक सङ्केतहरु देखिएको भन्दै वित्तीय स्थायित्व कायम गर्ने विषयमा गम्भीर रहेको बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए। उनले सन् २०१९ भित्रैमा देशका ७५३ वटै स्थानीय तहमा बैंकका शाखा पु¥याउने लक्ष्य राखिएको बताए ।

आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न मौद्रिक नीतिमार्फत स्रोत व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थालाई अनिवार्य रूपमा दीर्घकालीन ऋणपत्र जारी गर्ने नीति लिएको, बैंक वित्तीय संस्थाले विदेशबाट ऋण लिन पाउने ढोका खोलेको तथा विदेशबाट ऋण लिएर परियोजना सञ्चालन गर्न सहयोग गर्ने उद्देश्यले हेजिङ विनियमावली लागु गरेको शिवाकोटीले जानकारी दिए ।

भारतले एनएफआरएस लागू नगरेको अवस्थामा नेपालले लागू गर्नु महत्वपूर्ण उपलब्ध भएको भन्दै नेपाल बैंकर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बैंकको सुपरीवेक्षणमा राष्ट्र बैंक गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए ।

उनले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार ७५३ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पु¥याउने प्रयासमा लागेको बताउँदै करीब ९० प्रतिशतमा पुगेको र यो वर्षमा सबै तहमा पु¥याउने लक्ष्य राखेको उल्लेख गरे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies