Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

लुम्बिनी महोत्सवमा खेतियोग्य जमिनको निःशुल्क माटो परीक्षण गरिने, उत्पादन बृद्धिमा टेवा पुग्ने अपेक्षा

खबरडबली संवाददाता

भैरहवा । कृषि क्षेत्रमा रासायनिक मलको प्रयोग बढ्दो छ । यसले माटोको उर्वराशक्तिमा ह्रास गरिरहेको छ । तर, धेरै किसानलाई यसबारे जानकारी छैन । यसबारे जानकारी गराउने र कस्तो माटोमा कुन खेती गर्दा उब्जनी बढी हुन्छ भन्ने जानकारी दिने उद्देश्यले यही मंसिर २० गतेदेखि भैरहवामा आयोजना हुने नवौं लुम्बिनी राष्ट्रिय महोत्सवमा निःशुल्क माटो परीक्षण गरिने भएको छ ।

महोत्सव आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले कृषकहरुलाई लक्षित गरेर माटो परीक्षणको व्यवस्था मिलाउन लागेको हो । ‘रुपन्देहीको ग्रामीण क्षेत्रमा राम्रो उब्जनी हुन्छ तर निरन्तरको रासायनिक मलको प्रयोगले किसानहरुले चाहेजति मुनाफा कमाउन सकिरहेको अवस्था छैन’, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, ‘यसैल महोत्सव स्थलमा हामीले माटो परीक्षण शिविर संचालन गर्न लागेका छौं । यसले किसानले कस्तो माटोमा कुन किसिमको खेती गर्दा उब्जनी बढी हुन्छ भन्नेबारे जानकारी पाउनुहुनेछ । यसले उब्जनी बृद्धिमा सहयोग पुग्ने छ ।’

उनले सबै किसानको पहुँच प्रयोगशालासम्म नपुग्ने र नजिक प्रयोगशाला समेत नभएकाले धेरैले आफ्नो जमिनको माटो परीक्षण गर्न नपाएको बताए । ‘उद्योग–व्यवसाय र पर्यटनसँगै कृषि हाम्रो समृद्धिको आधार हो । ठूलो हिस्सा नेपालीहरु कृषि खेतीमा लाग्नुभएको छ’, उनले भने, ‘महोत्सवले कृषिको व्यवसायीकरण र आधुनिकीकरणलाई पनि जोड दिएको छ । यसका लागि माटोको उर्वराशक्ति राम्रो हुनु अत्यन्तै आवश्यक छ । यसैले माटो परीक्षण गरेर किसानलाई आफ्नो उब्जाउ भूमिको यथार्थ जानकारी गराउने कोसिस गरेका छौं ।’

आयोजकले महोत्सवमा कृषि प्याभेलियन निर्माणको तयारी गरेका छन् । उक्त प्याभेलियनमा माटो परीक्षण हुनेछ । यससँगै कृषिको प्रदर्शनी हुने भएकाले नयाँ कृषि उद्यम गर्न चाहनेलाई सिकाई मिल्ने छ । यस्तै, कृषि व्यवसाय गर्न चाहनेले कस्तो माटोमा कुन खेती गर्दा उब्जनी र मुनाफा हुन्छ भन्ने बारे जानकारी पाउनेछन् ।

मंसिर २० देखि पुस १ सम्म चल्ने महोत्सवमा मंसिर २६, २७ र २८ गते तीन दिन माटो परीक्षणका लागि समयावधि तोकिएको छ । ‘महोत्सवमा नेपालगञ्जका प्राविधिकहरुको सहयोगमा माटोको निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको छ, यहाँ जुनसुकै किसानले आएर आफ्नो खेतबारीको माटो परीक्षण गर्न सक्नुहुनेछ’, संघकी सदस्य एवं कृषि व्यवस्थापन समिति संयोजक यमकला न्यौपानेले भनिन्, ‘धेरै भन्दा धेरै किसानलाई यसबाट लाभ लिन आग्रह गर्दछु ।’

यसका लागि ग्रामीण क्षेत्रका कृषकलाई लक्षित गरि विशेष स्टल राखिने मेला आयोजकले जनाएका छन् । भैरहवा तथा यस आसपास रहेका तिलोत्तमा, धकधई, मर्चवार, अमवा, लुम्बिनी, गैडहवा, कंचन, सिद्धार्थनगर लगायतका कृषकलाई लक्षित गरि मेलामै माटोको निःशुल्क परीक्षण गरिने छ । ‘माटोको परीक्षण पछि प्राविधिकहरुले कुन मौसममा कुन खेती गर्दा उपयुक्त हुन्छ, कसरी लाभ उठाउन सकिन्छ भनेर समेत सिकाउनेछन्’, न्यौपानेले भनिन्, ‘यससँगै माटोमा अम्लियपन वा अन्य जिवाणु देखिए रोकथामको उपाय समेत सिकाइने छ ।’ यसका लागि नेपालगंगबाट विज्ञसहितको टोली आउने छ ।

महोत्सवमा कृषि प्राविधिकहरुले माटोको परीक्षण गरि त्यसको उचित उपचारको विधिबारे जानकारी दिने भएकाले यसबाट कृषक लाभवान्वित हुन सक्ने संघका सचिव समेत रहेका प्रचारप्रसार समिति संयोजक मंगल भण्डारीको जानकारी दिए । ‘आफ्नै घरआँगनमा लाग्न लागेको महोत्सवमा आएर माटो परीक्षण गरी अधिकतम फाइदा लिन सम्पूर्ण कृषकहरुलाई हाम्रो आग्रह छ’, उनले भने, ‘नजिक, विज्ञ प्राविधिकबाट परीक्षण हुने र निःशुल्क भएकाले जतिसक्दो धेरै किसानलाई जानकारी दिन समेत हाम्रो अनुरोध छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साउदीको अरामको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...

जानकी प्लास्टिक उद्योगमा प्रहरीको छापा, ‘नक्कली’ पाइप रातारात गायब

काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...

रानी बोर्डरमा बसेर भारतीय सवारीसाधनलाई दुःख दिने बिचौलिया पक्राउ

विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...

सङ्खुवासभामा चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौँ  । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...

सुस्तावासीको चेतावनी : ‘नागरिकता र भूमि अधिकार नदिए सिंहदरबार घेर्छौं’

रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु

काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...

असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने

काठमाडौँ  । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...

आगोसँग खेल्ने गल्ती नगर्न रास्वपालाई वर्षमानको सन्देश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending