Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

बालुवाटारको जग्गा धितोमा राखी ३० अर्बको ऋण निकासा , राष्ट्र बैंक संकटमा

काठमाडौं । बालुवाटारको सरकारी जग्गा, रातो प्लट अझै पनि शोभाकान्त ढकाल, रामकुमार सुवेदी र मीनबहादुर गुरुङको नाममा छ, अन्य जग्गा बेचिएको छ । नीलो प्लट नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलको नाममा छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्रगतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ । जग्गाधनीहरूले विभिन्न बैंकमा धितो राखेर करिब ३० अर्ब ऋण निकालेका छन् । सरकारले जग्गा रोक्का राखेकाले बैंकको लगानीसमेत संकटमा परेको छ ।

डिल्लीबजार मालपोत कार्यालयले सो क्षेत्रको जग्गाको अभिलेख खोज्दै छ । अहिलेसम्म व्यक्तिको नाममा सारिएको ३३४ र सरकारसँग रहेको ८३ कित्ता जग्गा भेटिएको छ । मालपोतले भेटिएको जग्गा रोक्का गरेको छ भने थप जग्गा खोज्दै छ । व्यक्तिका नाममा सारिएका जग्गा रोक्का गर्ने क्रममा बैंकमा धितो राखिएको विवरण पनि खुलेको हो । ‘रोक्का गर्ने क्रममा अधिकांश जग्गा बैंकमा धितो राखेर पैसा निकालेको भेटिएको छ,’ मालपोत स्रोतले भन्यो, ‘यसबारे कार्यालयले मन्त्रालयलाई जानकारी गराइसकेको छ ।’

भूमाफिया आफैँले र उनीहरुमार्फत जग्गा किनेका जग्गाधनीले विभिन्न वाणिज्य बैंकबाट ऋण लिएका छन् । ठूलो रकम इन्भेस्टमेन्ट बैंक, नबिल बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, एभरेस्ट बैंक, एनआइसी एसिया बैंक र एसबिआई बैंकबाट निकालिएको मालपोत स्रोतले जनाएको छ ।सरकारी जग्गा धरौटी राखेर व्यक्तिले पैसा लिएको विषयमा नेपाल राष्ट्र बैंक बेखबर छ । राष्ट्र बैंकले कति जग्गा धरौटीमा राखेर कति रकम निकालिएको छ भन्ने जानकारी नभएको बताएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले अवैध जग्गा धितो राखेर ठूलो रकम ऋण दिइएको भए त्यसले वित्तीय स्थायित्वमै समस्या ल्याउने बताए ।

मालपोतद्वारा ४१७ कित्ता जग्गा रोक्का
डिल्लीबजार मालपोत कार्यालयले बालुवाटारको चार सय १७ कित्ता जग्गा रोक्का गरेको छ । त्यसमध्ये अवैध रुपमा व्यक्तिको नाममा लगिएको जग्गा तीन सय ३४ कित्ता छ । मालपोतले सरकारको नाममा रहेको ८३ कित्ता पनि रोक्का गरेको छ । व्यक्तिको नाममा लगिएको तीन सय ३४ कित्ता जग्गाको जम्मा क्षेत्रफल ९९ रोपनी छ । बालुवाटारमा व्यक्तिको नाममा लगिएका अन्य जग्गाको खोजी भइरहेको पनि मालपोत कार्यालयले जनाएको छ ।

माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले १३ वैशाख ०६७ मा प्रधानमन्त्रीनिवास विस्तार गर्दा त्यहाँ परेको जग्गाका धनीलाई सरकारी जग्गाबाट शोधभर्ना गर्ने निर्णयबमोजिम यो जग्गा व्यक्तिको नाममा गएको थियो । यसलाई सरकारले ‘दूषित निर्णय’को संज्ञा दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा जाने गरी माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले गरेको दूषित निर्णय खारेज गर्न’ मन्त्रिपरिषद्मा प्रस्ताव लगेको छ ।

मन्त्रिपरिषद्ले त्यो निर्णय खारेज गरेसँगै थप कारबाही अघि बढाउन सहज हुने सो प्रस्तावमा उल्लेख छ । आयोग गठनको प्रक्रिया अघि बढ्यो भूमि व्यवस्था मन्त्रालयले देशभरि विभिन्न सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिको नाममा गएकोबारे अध्ययन गर्न शक्तिशाली आयोग गठन गर्ने भएको छ । विभिन्न ठाउँमा सरकारी जग्गा व्यक्तिको नाममा पुगेको समाचार सार्वजनिक भइरहेका वेला मन्त्रालयले आयोग गठनको प्रक्रिया अघि बढाएको हो ।

विष्णु पौडेलको जग्गा पनि रोक्का
मालपोत कार्यालय डिल्लीबजारले नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलको नाममा रहेको जग्गा पनि रोक्का राखेको छ । उनको नाममा दुई कित्ता जग्गा भेटिएको छ । पौडेलको नाममा कित्ता नं. ३१५ मा सात आना दुई पैसा तीन दाम क्षेत्रफल र कित्ता नं. ३०९ मा एक पैसा ०.७० दाम क्षेत्रफलको जग्गा भेटिएको छ ।
शोभाकान्त ढकालसँग जग्गा
बालुवाटार जग्गा प्रकरणमा भूमाफियाका रूपमा चर्चा गरिएका पात्र हुन् शोभाकान्त ढकाल । उनी र उनकी पत्नी उमाकुमारी ढकालको संयुक्त नाममा सिट नं. १०२१०२५१४ मा कित्ता नं ८१, ११३, ८६, ७७ र ७९ मा गरी एक रोपनी ६ आना दुई दाम जग्गा छ । त्यस्तै, शोभाकान्त ढकालको नाममा मात्र विभिन्न तीनवटा कित्ता जग्गा छ । उनको कित्ता नं. ४०, १२ र ३७ मा सात आना ३.४८ दाम क्षेत्रफलमा फैलिएको घडेरी छ । त्यसबाहेक रूपेशकुमार सुवेदी र सरोज ढकालको संयुक्त नाममा दुई रोपनी आठ आना, एक पैसा २.९३ दाम क्षेत्रफलको जग्गा छ । मीनबहादुर गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकालको नाममा कित्ता नं. ८३ मा १३ आना तीन पैसा क्षेत्रफलमा घडेरी छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी भन्छन्–त्यसरी ऋण प्रवाह भएको भए वित्तीय स्थायित्वमा समस्या आउन सक्छ
बालुवाटारको विवादास्पद जग्गा धितो राखेर बैंकहरूबाट ठूलो रकम ऋण लिइएको छ भन्ने विषय सुन्नमा आएको छ । तर, के–कति धितोमा राखिएको छ, बैंकले कति ऋण दिएका छन् भन्ने औपचारिक जानकारी आएको छैन । हामीले पनि त्यस विषयमा अध्ययन, विश्लेषण र रिपोर्टिङ लिने काम गर्न पाएका छैनौँ । तर, सो जग्गा धितोमा राखेर बैंकहरूबाट ठूलो मात्रामा ऋण प्रवाह भएको रहेछ भने वित्तीय स्थायित्वमा नै समस्या आउन सक्छ । त्यसैले राष्ट्र बैंकले त्यस विषयमा गम्भीर अध्ययन गर्नेछ ।

मालपोत कार्यालय डिल्लीबजारले अहिलेसम्म व्यक्तिको नाममा सारिएको ३३४ कित्ता (९९ रोपनी) र सरकारको नाममा रहेको ८३ कित्ता (३० रोपनी) जग्गाको विवरण पत्ता लगाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE