काठमाडौं । ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिले एम्बुलेन्स सेवा प्रयोग गरेबापत शुल्क तिर्नु नपर्ने भएको छ । काठमाडौं महानगरपालिका र नेपाल एम्बुलेन्स सेवाबीच आइतबार भएको सम्झौताअनुसार वृद्ध–वृद्धा र अपांगता भएका व्यक्तिले निःशुल्क एम्बुलेन्स प्रयोग गर्न पाउने भएका हुन् । विपन्न, गरिब र बेसहराले पनि निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पाउनेछन् । महानगरको सम्बन्धित वडा कार्यालयको सिफारिसमा उनीहरूलाई निःशुल्क सेवा दिइनेछ । एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आइतबार मेयर विद्यासुन्दर शाक्य र सेवाका अध्यक्ष रञ्जित आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - आपत्कालीन स्वास्थ्य सेवा उचित समयमा उपलब्ध नहुँदा महानगरवासी धेरैले अल्पायुमै अंगभंग हुने र ज्यान गुमाउनु परिरहेकाले बिरामीलाई तत्काल एम्बुलेन्स सेवा दिन सम्झौता गरिएको महानगरले जनाएको छ । सेवा सञ्चालनका लागि महानगरले प्रतिएम्बुलेन्स मासिक एक लाख २० हजार नेपाल एम्बुलेन्स सेवालाई दिनेछ । सेवासँग अहिले १० वटा एम्बुलेन्स छन् । संयुक्त सञ्चालित एम्बुलेन्समा ‘काठमाडौं महानगरपालिकाको सहकार्यमा सञ्चालित एम्बुलेन्स सेवा’ लेखिनेछ । ‘१०२’ मा फोन गरेर जुनसुकै वेला सेवा लिन सकिने व्यवस्था गरिएको छ ।
महानगरले सकेन, तपाईं गर्नुस् : मेयर शाक्य
मेयर शाक्यले महानगर आफैँले एम्बुलेन्स सञ्चालन गर्न खोजे पनि असफल भएकाले एम्बुलेन्स सेवासँग सहकार्य गरिएको बताए । ‘हामीले पनि एम्बुलेन्स सञ्चालन गर्न खोजेका थियौँ, तर सकेनौं,’ उनले भने, ‘हामीले किनेका एम्बुलेन्स अन्य स्वास्थ्य संस्थालाई हस्तान्तरण ग¥यौँ ।’ गुणस्तरीय सेवा दिए आगामी वर्षको बजेटमा दुईवटा एम्बुलेन्स महानगरले खरिद गरिदिनेसमेत बताए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: