Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

भरतपुर अस्पतालमा औषधि गुणस्तरहीन भएको पुष्ठी

चितवन । परीक्षणका क्रममा गुणस्तरहीन प्रमाणित १६ हजार आठ सय ९३ बोटल स्लाइनपानी डेढ वर्षदेखि भरतपुर अस्पतालको गोदाममा थन्किएको छ । फिर्ता लैजानुपर्ने निकायले नलैजाँदा डेढ वर्षदेखि अस्पतालको गोदाममा स्लाइनका बोटल थन्किएको हो । आपूर्ति व्यवस्था महाशाखाले विभिन्न निकायबाट खरिद गरी त्यो औषधि भरतपुर अस्पतालमा पठाएको थियो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रयोगमा आएको केही समयपछि परीक्षणका लागि औषधि व्यवस्था विभागमा पठाउँदा स्लाइन गुणस्तरहीन भएको पुष्ठी भएको थियो । आपूर्ति भएदेखि गुणस्तरहीन प्रमाणित हुँदासम्म के–कति औषधि प्रयोग भयो भन्ने तथ्यांक आफूहरूसँग नभएको भरतपुर अस्पताल प्रशासनले जनाएको छ । गुणस्तरहीन औषधि नष्ट गर्ने अधिकार आफूहरूसँग नभएको भरतपुर अस्पतालका मेडिकल स्टोर प्रमुख विष्णु सापकोटाले बताए । ‘हामीले आपूर्तिकर्तालाई नै बारम्बार गुणस्तरहीन स्लाइन लैजान आग्रह गरिरहेका छौँ, तर लगेका छैनन्,’ सापकोटाले भने ।

क्षेत्रीय मेडिकल स्टोर हेटौँडाबाट आठ हजार र केन्द्रीय मेडिकल स्टोर पथलैयाबाट २१ हजार दुई सय ५० बोटल गरी कुल २९ हजार दुई सय ५० बोटल रिंगर ल्याक्टेट इन्जेक्सन भरतपुर अस्पतालमा प्राप्त भएको सापकोटाले बताए । गुणस्तरहीन औषधि फिर्ता लाने विषयमा सम्बन्धित निकायले चासो नदिएकोप्रति महालेखा परीक्षकको कार्यालयले चासो देखाएको छ । उले औषधि आपूर्ति गर्दा भएको सम्झौता कार्यान्वयन गर्न सुझाब दिएको छ ।

आपूर्तिकर्ता कम्पनीलाई औषधि फिर्ता लैजान पटक–पटक पत्र पठाए पनि सम्बोधन नभएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए । गुणस्तरहीन औषधि गोदाममा रहँदा अन्य औषधि राख्नका लागि ठाउँ अभाव भएको अस्पताल प्रशासनले जनाएको छ । महालेखा परीक्षकको कार्यालयले औषधि आपूर्ति गर्दा गुणस्तरमा ध्यान दिन सुझाब दिएको छ । स्लाइनपानीका साथै अन्य औषधिले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भएकाले मानव स्वास्थ्यका ख्याल गरी औषधि आपूर्ति गर्न अस्पताल प्रशासन र आपूर्ति व्यवस्था महाशाखालाई महालेखाले ध्यानाकर्षण गराएको हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE