Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

कुखुराजन्य उत्पादनको खपत नहुँदा कृषक मारमा

काठमाडाैं । कुखुराजन्य पदार्थको उत्पादन बढेपछि मूल्यमा अस्वभाविक गिरावट आएको छ । दानाको कच्चा पदार्थ र औषधिको मूल्यमा वृद्धि हुँदा कृषक विस्थापित हुने अवस्थामा पुगेका छन् ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न कृषक बाध्य भएका छन् । उनका अनुसार हाल अण्डाको लागत मूल्य प्रतिगोटा रु १० रहेको छ तर कृषकले फार्मबाट सरदर रु छ मा बिक्री गर्न बाध्य भएका छन् ।

कँडेलले उत्पादन वृद्धि भएपछि बजार मूल्य पाउन नसकिएको बताए । एक वर्ष अघिसम्म एक सातामा एक लाख ५० हजार लेयर्स चल्ला बिक्री हुँदै आएकामा पछिल्लो समय तीन लाख चल्ला बिक्री भइरहेका छन् । त्यससँगै गत महीना काठमाडौँ, हेटौँडा र कास्कीमा बर्डफ्लु देखिएपछि खपत कम हुँदा मूल्यमा गिरावट आएको हो ।

हाल दैनिक ४० लाख अण्डा उत्पादन हुँदै आएका छन् । गत वर्ष यो सङ्ख्या ३२ लाख रहेको थियो । सङ्घका केन्द्रीय सचिव मदन पोखरेलले लागत मूल्य बढ्नु तर उत्पादन बढी भएका कारण र बर्डफ्लुका कारण खपत नहुँदा बजार अस्तव्यस्त भएको बताए । खपत बढाउनका लागि सङ्घ लागिरहेको भए पनि सार्थक हुन नसकेको उनको भनाइ छ ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार लेयर्स चल्ला बढी उत्पादन भएका कारण अण्डाको मूल्य कम भएको हो । नेपालको बजारमा सातामा एक लाख ५० हजार हाराहारी चल्ला बिक्री हुँदा बजार सन्तुलन हुने भए पनि हाल चल्ला बढेका कारण उत्पादन बढी भई खपत हुन नसकेको उहाँले बताए ।

यसको प्रभाव अन्य क्षेत्रमा पनि देखिएको उनले बतए । हाल लेयर्स चल्लाको लागत मूल्य रु १०० हुँदै गर्दा बिक्री मूल्य रु ५० मात्रै रहेको छ । त्यसैगरी ब्रोइलर चल्लाको लागत मूल्य रु ५५ भए पनि रु २५ मा बिक्री गर्न बाध्य भएको उनले बताए।

नेपालमा लेयर्स ह्याचरी १४ वटा छन् भने ब्रोइलर ह्याचरी २२१ पुगेका छन् । हरेक साता २५ लाख हाराहारी ब्रोइलर चल्ला उत्पादन हुने गर्दछन् । पोखरेलका अनुसार दाना उद्योगसमेत समस्यामा रहेका छन् । गत वर्ष प्रतिकेजी रु २५ मा खरीद गरेको भटमासको मूल्य यस वर्ष रु ४५ पुगेको छ भने ढुटो रु २५ बाट रु ३५ पुगेको छ । कच्चा पदार्थको मूल्य बढेसँगै दानाको मूल्य पनि बढेको छ । ब्रोइलर कुखुराका लागि दाना रु ५६ देखि रु ६२ सम्म प्रतिकेजी पर्दछ भने लेयर्स कुखुराका लागि रु ५० देखि ५८ पर्ने गरेको उहाँले बताए ।

मासुका लागि पालिएका कुखुरा फार्मबाट रु १८० प्रतिकेजी उठ्ने गरेको छ । ब्रोइलर कुखुरापालक कृषकबाहेक अन्य किसान मारमा परेका छन् । पोल्ट्री महासङ्घ नेपालका अध्यक्ष गुणचन्द्र विष्टले सरकारले यस व्यवसायलाई प्राथमिकतामा नराख्दा समस्या उत्पन्न भएको बताउनुभयो । काठमाडौँमा बर्डफ्लु देखिँदा उपभोक्तालाई भ्रम पर्ने गरी सरकारले सन्देश प्रवाह गरेका कारण उपभोग घटेको उनले बताए ।

देशमा आत्मनिर्भर रहेको यस व्यवसायमा एक खर्बभन्दा बढी लगानी पुगेको व्यवसायीको भनाइ छ । सात हजारभन्दा बढी कृषकले लेयर्स कुखुरा पाल्दै आएका छन् । यस क्षेत्रमा हजारौँले रोजगारी पाएका छन् । बैंकिङ क्षेत्रको लगानी यकिन नभए पनि कूल लगानीको आधाभन्दा बढी रहेको अनुमान गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending